राष्ट्रिय बाणिज्य बैंकको डोल्पा र पर्सामा नयाँ शाखा, नयाँ दुर्इ सहित शाखा कार्यालय २०१ पुग्यो

बिजमाण्डू
२०७५ असार २९ गते १४:५६ | Jul 13, 2018

Tata
GBIME
Nepal Life

काठमाडौं। राष्ट्रिय बाणिज्य बैंकले डोल्पाको मुड्केचुला र पर्साको सुवर्णपुरमा  शाखा विस्तार गरेको छ। यी दुई स्थानमा शाखा बिस्तारसँगै बैंकको शाखा संख्या  ७३ वटा जिल्लामा २०१ वटा  पुगेको जनाएको छ।

सम्पुर्ण स्थानीय निकायमा बैंकिङ सेवा पुर्याउने नेपाल सरकारको नीति अनुसार बैंकले स्थानीय जनतालार्इ आधुनिक बैंकिङ सेवा प्रदान गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले बताए।

बैंकले २०१ शाखा कार्यालय सहित ९३ वटा शाखा रहित बैंकिङ सेवा प्रदान गर्दै आएको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमाशिक अवधिसम्ममा एक खर्ब ५३ अर्ब निक्षेप संकलन गरी एक सय १२ अर्ब कर्जा लगानी गरी तीन अर्ब ८ करोड रुपैयाँ खुद नाफा गरेको छ।