जलमग्न भक्तपुरः बाढीले घरमै थुनिएकाहरुको उद्दारमा सेना, भाटभटेनी सुपरमार्केट पनि डुबानमा




काठमाडौं। हनुमन्ते खोलाको बाढीका कारण डुबानमा परेका बस्तीका नागरिकको उद्दारका लागि सेनाको टोली परिचालित भएको छ। बाढीका कारण भक्तपुरको जगाती र बाराही स्थानका बस्तीमा पानी पसेको छ।डुंगासहितको सेनाको टोली उद्दारका लागि परिचालित भएको छ।

यस्तै, मध्यपुरथिमिका राधेराधे र कमेरोटार जग्गा एकीकरण आयोजनाभित्र रहेका बस्ती पनि डुबानमा परेका छन्। बस्ती डुबानमा पर्दा घरमा फसेका नागरिकको उद्दारका लागि सेनाको टोली खटिएको हो। बाढीका कारण घरहरुको पहिलो तला डुबेको छ। डुबानमा परेपछि घरमा रहेकाहरु घरबाट बाहिर निस्कन सकेका छैनन्।


भक्तपुरका राधेराधेसँगै भाटभोटेनी सुपर मार्केट रहेको क्षेत्र पनि डुबानमा परेको छ। थिमि चोकदेखि भित्रका बस्तहरु पनि डुबानमा परेका छन्।
यस्तै, मनोहरा खोलको बाढीका कारण जडीबुटीस्थित सुकुम्बासी बस्ती पनि डुबानमा परेको छ।

Share this Story

   

जलमग्न भक्तपुरः बाढीले घरमै थुनिएकाहरुको उद्दारमा सेना, भाटभटेनी सुपरमार्केट पनि डुबानमा को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.