आधा पनि उपयोग हुँदैन मार्जिन लोन, ऋण लिँदैनन् तर सीमा घटाएको भन्दै आक्रोश पोख्छन् लगानीकर्ता

बिजमाण्डू
२०७५ असार २७ गते १७:३१ | Jul 11, 2018
आधा पनि उपयोग हुँदैन मार्जिन लोन, ऋण लिँदैनन् तर सीमा घटाएको भन्दै आक्रोश पोख्छन् लगानीकर्ता

काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले दिने मार्जिन प्रकृतिको लोनको सिमा घटाएकव भन्दै लगानीकर्ता आक्रोशित बनेका छन्। तर राष्ट्र बैंकको तथ्यांकअनुसार भने लगानीकर्ताले पाउन सक्ने ऋणको आधा पनि उपयोग नगरेको देखिएको छ। 
 
चालु आर्थिक वर्षको वैशाखसम्ममा आफूले पाउने मार्जिन लोनको सिमा मध्ये ४५ प्रतिशत मात्रै प्रयोग भएको नेपाल राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ। 
राष्ट्र बैंकका अनुसार अनुसार वैशाखसम्ममा बैंकहरुको प्राथमिक पुँजी ३ खर्ब ६५ अर्ब रुपैयाँ छ। आगामी आर्थिक वर्षको मौद्रिक नीतिलार्इ नै आधार मानेर हेर्दा यसको २५ प्रतिशत मार्जिन प्रकृतिको कर्जा प्रवाह गर्न सक्छन्। 
 
यसै सीमाका आधारमा पनि बैंकहरुले ९१ अर्ब २५ करोड रुपैयाँको मार्जिन प्रकृतिको लोन प्रवाह गर्न सक्छन्। तर वैशाखसम्मको तथ्यांकअनुसार बैंकहरुले ४१ अर्ब १६ करोड रुपैयाँको मात्रै मार्जिन लोन प्रवाह गरेका छन्। यस तथ्यांकअनुसार लगानीकर्ताले अझै ५५ प्रतिशत मार्जिन लोन प्रयोग गरेका छैनन्। 
 
नेपाल राष्ट्र बैंकले यसै तथ्याङ्कको आधारमा यसको मार्जिन प्रकृतिको लोनको सिमा घटाएको देखिन्छ। तर सम्पूर्ण बैंकहरुले यस्तो कर्जा प्रवाह नै गर्दैनन्। यसले गर्दा लोन पाउने कारण यसको अनुपात धेरै देखिन्छ। 
 
लगानीकर्ताहरुका अनुसार केहि बैंक तथा वित्तीय संस्थाले मात्रै मार्जिन लोन प्रवाह गर्ने हुँदा समग्रमा यसको असर पर्ने बताउँछन्। केही बैंकले मात्रै मार्जिन लोन प्रवाह गर्दा उनिहरुको लोन प्रवाहमा संकुचन आउने उनीहरुको विश्लेषण छ। 

Tata
GBIME
Nepal Life