कैलाश विकास बैंकको नयाँ शाखा रुपन्देहीमा, महिला कर्मचारीहरुले शाखा संचालन गर्ने





काठमाडौं। कैलाश विकास बैंकले रुपन्देहीको भलबारीमा नयाँ शाखा खोलेको छ। बैंकले ५४ औं शाखाको रुपमा भलबारीको  शाखाबाट कारोबार सुरु गरेको हो।

शाखाको नेपाल राष्ट्र बैंक भैरहवाका मुख्य ब्यबस्थापक अशोक पौडेलले उद्घाटन गरे।


सुरक्षाकर्मी सहित सबै महिला कर्मचारीहरुले संचालन गर्ने शाखाले अत्याधुनिक बैंकिङ सेवा दिने बैंकले जनाएको छ।

बैंकले छिटै नै धनुषाको जनकपुर, ओखलढुंगाको मानेभञ्ज्याङ, नवलपरासीको कावासोती तथा बर्दघाटका साथै अरु बिभिन्न स्थानमा नयाँ शाखा खोल्ने जनाएको छ।

२ अर्ब ५२ करोड चुक्ता पूँजी भएको बैंकले हालसम्म २२ अर्ब ३ करोड निक्षेप संकलन गरी १९ अर्ब ७० करोड कर्जा प्रवाह गरेको जनाएको छ।
 

Share this Story

   

कैलाश विकास बैंकको नयाँ शाखा रुपन्देहीमा, महिला कर्मचारीहरुले शाखा संचालन गर्ने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.