चार बैंक तथा वित्तीय संस्थामा रोजगारीको अवसर, मेगाले माग्यो ५० जना, कसको कति?

बिजमाण्डू
२०७५ असार २७ गते १०:१८ | Jul 11, 2018

काठमाडौं। मेगा बैंक, ग्लोबल आइएमर्इ, गोर्खाज फाइनान्स र आरएमडीसी लघुवित्तले केन्द्रीय तथा शाखा कार्यालयकालागि कर्मचारी माग गरेका छन्।

Tata
GBIME
Nepal Life

मेगा बैंकले अफिसर तहका ६ जना कर्मचारी चाबहिल, ओखलढुङ्गा, कालिकोट, कपिलबस्तु, दोलखा, विराटनगरको लागि माग गरेको हो। त्यस्तै सहायक तहको लागि विभिन्न शाखा तथा एक्सटेन्सन काउन्टरको लागि ४४ जना कर्मचारी माग गरेको छ।

इच्छुक आवेदकले साउन ९ गतेसम्म मेगा बैंकको साइटमा गएर अनलाइन आवेदन दिन सक्ने बैंकले जनाएको छ।

ग्लोबल आइएमर्इ बैंकले डिजिटल बैंकिङ डिपार्टमेन्टमा अफिसर तहको एक जना कर्मचारी माग गरेको छ। यसको लागि २ वर्षको कार्यअनुभव माग गरिएको छ। त्यस्तै बैंकले यसै डिपार्टमेन्टमा सहायक तहका केही कर्मचारी माग गरेको छ। योग्यता पुगेकाले बैंकको साइटमा गएर साउन १ गतेसम्ममा आवेदन दिन सक्ने बैंकले जनाएको छ।

गोर्खाज फार्इनान्सले पनि व्यवस्थापक तथा बरिष्ठ व्यवस्थापक तहको लागि कर्मचारी माग गरेको छ। यसको लागि ५ वर्षको न्युनतम कार्यानुभव माग गरिएको छ। उपत्यका भित्र तथा बाहिरका लागि केही शाखा प्रमुख माग गरिएको छ। यसको लागि पनि न्युनतम ५ वर्षको अनुभव हुने पर्ने छ। आवदेनको लागि संस्थाको साइटमा गएर आजको ७ दिन भित्र आवदेन दिनुपर्ने छ।

आरएमडीसी लघुवित्तले एक जना लेखा अधिकृत र एक जना अनुगमन तथा सुपरिवेक्षण अधिकृत माग गरेको छ। दुबै तहकालागि मासिक तलब सुविधा ५० हजार रुपैयाँ छ। स्नातक गरी २ वर्षको कार्यानुभव भएको व्यक्तिले आजको १५ दिन भित्रमा संस्थाको केन्द्रीय कार्यालयमा आवदेन दिनु पर्नेछ।