आगामी मौद्रिक नीति: बैंकका शाखाहरुको छुट्टै लेखापरीक्षण अनिवार्य, जोखिम न्यूनीकरण हुने

बिजमाण्डू
२०७५ असार २५ गते २३:११ | Jul 9, 2018

 
काठमाडौं। नेपाल राष्ट्र बैंक बाणिज्य बैंकहरुका शाखाको छुट्टै लेखापरीक्षण गराउनु पर्ने ब्यवस्था गर्ने भएको छ। आगामी मौद्रिक नीतिको तयारी गरिरहेको राष्ट्र बैंकले वित्तीय क्षेत्रको जोखिम कम गर्दै शाखा कार्यालयहरुलाई पारदर्शी बनाउन लेखापरीक्षणको ब्यवस्था गर्न लागेको हो।
 
राष्ट्र बैंकले पहिलो चरणमा निष्चित निक्षेप र ऋण कारोबार गर्ने शाखाहरुमा लेखापरीक्षण अनिवार्य गर्ने छ। त्यसपछि लेखापरीक्षणको दायरा बढाउँदै लैजाने केन्द्रीय बैंकको योजना छ।
 
'मौद्रिक नीतिमा शाखा कार्यालयहरुको छुट्टै लेखापरीक्षण गर्ने बिषय राखिसकिएको छ' उच्च स्रोतको दावी छ, 'यसले आन्तरिक जोखिमलाई नियन्त्रण गर्ने छ।'
 
अहिले पनि कतिपय बैंकहरुले स्वेच्छिक रुपमा आफ्नो शाखाहरुको लेखापरीक्षण गर्दै आएका छन्। तर राष्ट्र बैंकले नीतिगत रुपमै यसपाली लेखापरीक्षणको ब्यवस्था गर्न लागेको हो।

Tata
GBIME
Nepal Life