ग्लोबल सेपर्सले निर्माण गरेको विद्यालय भवन हस्तान्त्रण, अनलाइन क्याम्पेनबाट जुट्यो डेढ करोड

बिजमाण्डू
२०७५ असार २४ गते १२:५३ | Jul 8, 2018
ग्लोबल सेपर्सले निर्माण गरेको विद्यालय भवन हस्तान्त्रण,  अनलाइन क्याम्पेनबाट जुट्यो डेढ करोड



काठमाडौं । ग्लोबल सेपर्स काठमाडौं हवको सहयोगमा निर्माण गरिएको श्री गणेश माध्यामिक विद्यालय बुढानिलकण्ठको एउटा भवन हस्तान्त्रण गरिएको छ। 

विद्यालय भवन हस्तान्त्रण कार्यक्रममा सभासद गगन थापा, बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्व खरेल, प्रदेश नम्वर ३ का सभासद भिमसेन खत्री, योङ ग्लोबल लिडर आस्मी राणा, गणेश माविका प्रधानाध्यापक, शिक्षकलगायतको उपस्थिति थियो।

भुकम्पमा भत्किएको गणेश विद्यालयको भवन पुनर्निर्माणका लागि स्वयंसेवी संस्था ग्लोबल सेपर्स काठमाडौं हवले जिम्मा लिएको थियो। आधुनिक सुविधासहित सुरक्षित विद्यालय भवन निर्माण गरिएको संस्थाले प्रेस विज्ञप्ती जारी गरेर जानकारी दिएको छ।

भवन निर्माणका लागि ग्लोबल सेपर्सलाई रिलायन्स समूह, एमसि समूह, कतार एअरवेज, एनआइसि एशिया र नेपाल इन्भेष्टमेन्ट बैंक लगायतका विभिन्न संस्था तथा व्याक्तिले रकम सहयोग गरेका थिए। संस्थाले डेढ करोड रुपैयाँ (एक लाख ५० हजार डलर) भन्दा बढी रकम अनलाइन क्याम्पेनबाट जुटाएको थियो। 
 

Tata
GBIME
Nepal Life