भारतको लोकप्रिय बियर ब्राण्ड बिरा नेपालमा, ३३० एमएलको बियर तीन सय रुपैयाँमा उपलब्ध

बिजमाण्डू
२०७५ असार २२ गते १०:२८ | Jul 6, 2018
भारतको लोकप्रिय बियर ब्राण्ड बिरा नेपालमा, ३३० एमएलको बियर तीन सय रुपैयाँमा उपलब्ध


काठमाडौं । भारतीय लोकप्रिय बियर ब्राण्ड बिराका तीन भेराइटी बिरा ९१ ह्वाइट, बिरा ९१ बोल्ण्ड र बिरा ९१ स्ट्रङ्ग नेपाली बजारमा विक्रि सुरु भएको छ। बि नाइन बेभरेजले उत्पादन गर्ने यी बियर विशाल ग्रुपको ग्लोबल ट्रेडिङ कन्सर्नले नेपाली बजारमा ल्याएको हो।

Tata
GBIME
Nepal Life

'नयाँ विश्वका लागि स्वादले भरिपूर्ण बियर' सोंचमा उत्पादन गरिने यो बियरको ३३० एमएल बोत्तलको खुद्रा मूल्य तीन सय रुपैयाँ राखिएको छ ।

भारत र अमेरिकामा विक्रि हुँदै आएको बिरा ९१ बियर नेपालपछि बेलायत, सिंगापुर, हङकङ, थाइल्याण्ड र संयुक्त अरव इमिरेट्स जस्ता नयाँ बजारमा पठाउने तयारीमा कम्पनी छ।

२०१५ को गर्मीमा उत्पादन सुरु गरिएको यो बियर ताजा स्वाद तथा उत्कृष्ट ब्राण्डिङले बियर पारखिको मनमा बस्न सफल भएको कम्पनीले जारी प्रेस विज्ञप्तिमा छ।

बिरा ९१ भारतमा तिव्र विस्तार भैरहेको र वार्षिक हिसावमा आठ सय प्रतिशतले वृद्धि भैरहेको कम्पनीले जारी प्रेस विज्ञप्तीमा छ। तीन वर्षमा बियरको विक्रि तीन करोड केस पुगेको समेत कम्पनीले जानकारी दिएको छ।

शहरी उपभोक्ताको दिमागमा बस्ने गरी स्वादले भरिपूर्ण ताजा बियर तयार पारिएको बताउँदै बि नाइन बेभरेजका निर्यात निर्देशक अन्सुल अग्रवालले नेपालमा व्यापार विस्तार रोमाञ्चक हुने बताए।

क्राफ्ट र बुटिक बियरको लोकप्रियता बढेको बताउँदै ग्लोबल ट्रेडिङ कन्सर्नका निर्देशक आदित्य अग्रवालले बिरा ९१ जस्तो ब्राण्ड नेपालमा ल्याउनु महत्वपूर्ण हुने बताए।

बिराका तीन भेराइटीमध्ये बिरा ९१ ह्वाइट बियर अन्य ह्विट बियरमध्ये कम तितो भएको कम्पनीले जानकारी दिएको छ। बियरमा 'सिटरस'को हलुका स्वाद भएको र शुद्ध कच्चा पदार्थले निर्माण गरिएको छ।

बिरा ९१ बोल्ड लागर बियर बजारमा उपलब्ध अधिकांश बियरभन्दा रिफ्रेसिङ रहेको र टु रो व्यारेलमार्फत तयार गरिएको कम्पनीले जानकारी दिएको छ।

त्यसैगरी बिरा ९१ स्ट्रङ्ग बियरको स्वाद युनिक र सम्पन्न भएको तथा कम तितो भएको दावी कम्पनीले गरेको छ।