बैंक तथा बीमा कम्पनीमा जागिरको अवसर, हेर्नुस् कुन बैंक तथा बीमा कम्पनीमा कति कर्मचारीको माग

बिजमाण्डू
२०७५ असार २० गते १०:४८ | Jul 4, 2018

काठमाडौं। ग्लोबल आइएमर्इ बैंक, सिटिजन बैंक, प्रभु लाइफ इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स र प्राइम लाइफ इन्स्योरेन्सले विभिन्न पदमा जागीरका लागि आवेदन खुला गरेका छन्।

Tata
GBIME
Nepal Life

ग्लोबल आइएमर्इ बैंकले सहायक प्रवन्धक,  बरिष्ठ अधिकृत, अधिकृत र जुनियर अधिकृत माग गरेको छ। इच्छुक आवेदकले असार २४ गतेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ।

त्यस्तै सिटिजन बैंकले नयाँ शाखा कार्यालयको लागि ९ पदका लागि कर्मचारी माग गरेको छ। बैंकले धनगढी र जनकपुरको लागि शाखा प्रमुखको लागि सहायक प्रमुख र बरिष्ठ अधिकृत तहका दुर्इ जना कर्मचारी माग गरेको हो।

उपत्यकाभित्र र उदयपुरको गाइघाटका लागि केहि अधिकृत स्तरको शाखा प्रमुख माग गरेको छ। जुम्ला, जाजरकोट र भोजपुर शाखा प्रमुखको लागि जुनियर अधिकृत तहको कर्मचारी माग गरेको हो। दाङ, महोत्तरी, पुर्वी रुकम, धनकुटा, रामेछाप र सोलुखुम्वुका लागि ६ जना सुपरभाइजर माग गरिएको छ। क्रेडिट डिपार्टमेन्ट, डिपोजिट मार्केटिङ, मानव संसाधन विभाग, इ बैंकिङ र क्रेडिट कार्ड डिपार्टमेन्टको लागि पनि कर्मचारी माग गरिएको बैंकले जनाएको छ। इच्छुक आवेदकले साउन ४ गतेसम्ममा आवेदन दिनु पर्नेछ।

प्रभु इन्स्योरेन्स कम्पनीले ५ र ६ नम्वर प्रदेश कार्यालयको प्रमुख माग गरेको छ। त्यस्तै १, २, ४ ,५, ६ र ७ नम्वर प्रदेश शाखाको प्रवन्धक र इन्चार्ज माग गरेको छ। कम्पनीले प्रदेश नम्वर १, २, ४, ५, ६, र ७ का प्रदेश स्तरीय कार्यालयको लागि सेल्स एजुकेटिभ माग गरेको हो। आवेदकले असार ३२ गतेसम्म आवेदन दिन पाउने कम्पनीले जानकारी दिएको छ।

प्राइम लाइफ इन्स्योरेन्सले पनि केहि ब्रान्च म्यानेजर र सेल्स एजुकेटिभको लागि आवदेन खुला गरेको छ। केहि उपशाखा इन्चार्ज  र अप्रेसन इन्चार्ज माग गरेको छ। योग्य आवेदकले साउन २ गतेसम्म आवेदन दिन पाउने कम्पनीले जनाएको छ।

प्रिमियर इन्स्योरेन्सले एकै पटक ४२ भन्दा धेरै पदका लागि आवेदन खुला गरेको छ। कम्पनीले केन्द्रीय कार्यालयको लागि उप प्रमुख कार्यकारी अधिकृत सहित एक जना म्यानेजर र ब्राण्ड म्यानेजर अफिसर माग गरेको छ। विभिन्न शाखा कार्यालयको लागि ४० जना अफिसर तहका कर्मचारी माग गरेको हो। आवेदकले असार २७ गतेसम्ममा आवेदन दिइसक्नु पर्नेछ।