कृषि विकास बैंक र एफवान सफ्टबीच इन्टरनेट बैंकिङ सेवाका लागि सम्झौंता, यस्तो छ सुविधा






काठमाडौं।कृषि विकास बैंक र एफवान सफ्ट इन्टरनेसनलबीच इन्टरनेट बैंकिङ सेवाका लागि सम्झौता भएको छ।


सम्झौता अनुसार बैंकका उपभोक्तालाई इन्टरनेटमार्फत बैंकिङ सुविधा एफवानसफ्टले उपलब्ध गराउनेछ।यो  सेवामार्फत खाताका बारेमा पूर्ण जानकारी लिन,रकमट्रान्सफर गर्न,स्टेटमेन्ट हेर्नुका साथै विभिन्न किसिमका बिलहरुको भूक्तानी गर्नसक्ने विज्ञप्तिमा उल्लेख छ।

उपभोक्ताले व्यवसायिक प्रयोजनका लागि इन्टरनेट बैंकिङमार्फत तलब व्यवस्थापन र दुर्इवटा सही चल्ने खाता चलाउनसक्ने बताइएको छ।बैंकका अनुसार इन्टरनेट बैंकिङमार्फत उपभोक्ताले अन्य ४५ वटा बैंकसँग अन्तर बैंकिङ कारोबार गर्न सक्ने र इसेवामार्फत रकम पठाउनसकिनेछ।

सम्झौंतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौंला र एफवानसफ्टका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले हस्ताक्षर गरे।

Share this Story

   

कृषि विकास बैंक र एफवान सफ्टबीच इन्टरनेट बैंकिङ सेवाका लागि सम्झौंता, यस्तो छ सुविधा को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.