टुटलको सेवा भुक्तानी आइएमई पे मार्फत गर्ने सम्झौता, यात्रामा जाँदा भुक्तानी सहज हुने

बिजमाण्डू
२०७५ असार १५ गते १५:१९ | Jun 29, 2018

Tata
GBIME
Nepal Life

काठमाडौं। टुटलका सेवाग्राहीले यात्राको सेवा शुल्क आइएमई पेबाट भुक्तान गर्न मिल्ने भएको छ।

आइएमई पे र टुटलबीच  भएको सम्झौता अनुसार अबदेखि टुटल सेवा लिने यात्रु तथा चालकहरुले कुनै पनि आइएमईको ब्यावसायिक साझेदार वा आइएमइ पे बाट सेवा शुल्क संकलन तथा भुक्तानी गर्न सक्ने गरी सम्झौता भएको प्रेस बिज्ञप्तीमा  जनाइएको छ।  

आइएमइ पेका प्रमुख संचालन अधिकृत डेनियल डि श्रेष्ठ र टुटलका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत सिक्षित भट्टले सम्झौतापत्रमा हस्ताक्षर गरे।

डिजिटल बित्तीय सेवा प्रदायक आइएमई पे  ब्राण्ड अन्तर्गत मोबाइल वालेट सेवा मार्पत ग्रहकले बिभिन्न किसिमका भुक्तानी गर्न सकिने बिज्ञप्तीमा उल्लेख छ।  

कम्पनीका अनुसार यसले ब्यक्ति ब्यक्तिबीच हुने सामान्य रकम ट्रान्सफरदेखि बिभिन्न अनलाईन तथा स्थलगत स्टोरहरुमा भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने तथा बिभिन्न घरायसी तथा कार्यालयका बिलहरु समेत भुक्तानी गर्न मिल्ने छ।