नौं अंकसम्म उक्लिएको शेयर बजारले बृद्धिलाई थेग्न सकेन, २१ करोड रुपैयाँ हाराहारी कारोबार

बिजमाण्डू
२०७५ असार १० गते १५:२८ | Jun 24, 2018

 
काठमाडौं। साताको पहिलो दिन शेयर बजार झिनो अंकले बढेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोवार मापक सूचक १.३५ अंकले वढेर १२१९.८१ अंकमा उक्लिएको छ। 
 
कारोवारको पहिलो पाँच मिनेट एक अंक बढेको बजार त्यसपछि घट्न सुरु गरेको थियो। कारोवारको पहिलो एक घण्टामा दुई अंक घटेको बजार त्यसपछि बढ्न थालेको थियो। पौने दुई बजेसम्म नौ अंक उक्लिदै सूचकले १२२७ अंक भेट्टाएको थियो। तर, बृद्धि टिकाउ हुन नसक्दा बजार पौने तीन बजेसम्म सुरुवाति अंक १२१८ अंकमै ओर्लिएको थियो। तर, अन्तिम १५ मिनेटमा बजार झिनो अंकले बढेर बन्द भएको हो। 
 
आइतबार शेयर बजारमा १६७ कम्पनीका २० करोड ९३ लाख रुपैयाँ बराबरका शेयर खरिद विक्रि भएका छन्। सबैभन्दा बढि नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको संस्थाफक शेयर दुई करोड रुपैयाँ बराबरको कारोबार भएको छ। 
 
कारोबारमा आएका उपसूचक मिस्रित देखिएका छन्। नौ समुहको कारोवारमा पाँच समुह बढेका छन् भने चार समुह घटेका छन्। बैक १.८९, बिकास बैक २.२८, फाइनान्स ३.४५, बीमा २२.९२, उत्पादनमूलक १२.०२ अंकले बढेका छन्। होटल २.१२, जलविद्युत ७.३७, अन्य २.६ र लघुवित्त २.४ अंकले घटेका छन्। 
 
आइतबार सबैभन्दा बढि आरम्भ माइक्रोफाइनान्सका शेयरधनीले करिब सात प्रतिशतले कमाएका छन्। नेपाल हाइड्रो डेभलपर्सका शेयरधनीले सबैभन्दा बढि करिव १० प्रतिशतले गुमाएका छन्।  

Tata
GBIME
Nepal Life