पेमेन्ट गेटवे इसेवाबाट पनि एसइइको रिजल्ट, जोन तथा पोइन्टबाट पनि रिजल्ट हेर्न सकिने





 
काठमाडौं। माध्यमिक शिक्षा परीक्षा (एसइइ) को नतिजा छिटो र सजिलो तरिकाबाट इसेवामा हर्न सकिने भएको छ। परीक्षार्थीहरुले इसेवाको मोबाईल एप्स् र वेवसाइट मार्फत् देशभर रहेका इसेवाका जोन तथा पोइन्टबाट तुरुन्तै सजिलोसँग नतिजा हेर्न सक्ने छन्। परिक्षार्थीहरुलाई सहज तरिकाले नतिजा जानकारी गराउन यो सुविधा ल्याएको इसेवाका प्रमुख सञ्चालन अधिकृत रोशन लामिछानेले जानकारी दिए। 
 
परीक्षार्थीले इसेवाको मोबाईल एप्लिकेशनबाट रिजल्ट हेर्न सक्नेछन्। वा  यो लिंकमा क्लिक गरेर पनि रिजल्ट हेर्न सकिन्छ। 
 
इसेवाले पहिलोपटक एसइइको रिजल्ट हेर्न सकिने व्यवस्था गरको हो। मुलुकभर जुनकुनै ठाउँमा भएका विद्यार्थीले घरमै बसेर मोबाइलबाटै पनि रिजल्ट हेर्न सक्ने लामिछानेले बताए। ‘परिक्षार्थीहरूले इसेवामार्फत् सहजै नतिजा प्राप्त गर्न सकुन् भन्ने उदेश्यले यो सेवा दिएका हौँ। इसेवाका साथै हाम्रा मुलुकभर रहेका करिब ३५ हजार जोन तथा पोइन्टबाट पनि सहजै रिजल्ट थाहा पाउन सकिन्छ,’ उनले भने।
 
इसेवा नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी हो। इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका दुईसय भन्दा बढी सेवाहरूमा शुल्क भुक्तानी गर्न सकिन्छ। इसेवामा हाल ४६ वटा बैंक सदस्य  रहेका छन्। यी बैंकबाट इसेवामा रकम जम्मा गर्न तथाइसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ।
 
हालसम इसेवाबाट प्रत्यक्ष तथा अप्रत्यक्ष ६० लाखभन्दा बढीले सेवा लिइरहेका छन्। हाल इसेवाका देशभर करिब ३५ हजारभन्दा बढी एजेन्ट (इसेवा जोनतथा पोइन्ट) रहेका छन्।


Share this Story

   

पेमेन्ट गेटवे इसेवाबाट पनि एसइइको रिजल्ट, जोन तथा पोइन्टबाट पनि रिजल्ट हेर्न सकिने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.