प्रत्येक जनताको औषत कमाइ १००४ डलर हुँदा प्रदेश ७ को आधाभन्दा कम, यस्तो देखिन्छ तस्बीरमा

बिजमाण्डू
२०७५ असार ९ गते १३:२० | Jun 23, 2018
काठमाडौं। गत बर्ष १०५ डलरले बढेर ८६२ अमेरिकी डलर पुगेको नेपालीहरुको प्रति ब्यक्ति आम्दानीमा यसपाली थप सुधार आएको छ। केन्द्रीय तथ्यांक विभागले प्रति ब्यक्ति आय १००४ अमेरिकी डलर पुगेको विवरण सार्बजनिक गरेको छ।
 
प्रदेशगत रुपमा भने सबैभन्दा बढि प्रति ब्यक्ति आय ३ नम्बर प्रदेशको १५३४ डलर छ। यसपछि प्रदेश नंम्बर १ को १०२४ र प्रदेश नम्बर ४ को १०२१ डलर छ।
 
नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययन अनुसार, सबैभन्दा कम आम्दानी प्रदेश नम्बर ७ को ६६० डलर मात्र छ। कर्णालीको तुलनामा प्रदेश नम्बर ३ को आम्दानी दोब्बरभन्दा बढि छ। 
 
देशको कुल गार्हस्थ्य उत्पादनमा प्रदेशगत अंशको अन्तर फराकिलो देखिएको छ। त्यसैले प्रदेशगत अर्थतन्त्रको आधारमा पनि अन्तर देखिएको छ।
 
प्रदेश ३ को आर्थिक हैसियत अन्य प्रदेशभन्दा सवल छ। यसले कुल गार्हस्थ्य उत्पादनमा ३१.९ प्रतिशत हिस्सा ओगटेको छ। दोस्रो ठूलो योगदान १ नम्बर प्रदेशको छ। तेस्रोमा प्रदेश नम्बर २ छ। सबैभन्दा कम हिस्सा कर्णालीको छ। 
 
क्षेत्रगत हिसावले हेर्ने हो भने कर्णाली सबैभन्दा ठूलो प्रदेश हो। यसको क्षेत्रफल प्रदेश २ को तुलनामा ३ गुणा ठूलो छ। 
 

Tata
GBIME
Nepal Life