सुचक १५ अंकले झर्दा कारोबार रकम एक अर्ब १२ करोडमा खुम्चियो, साताभरी यस्तो देखियो बजार

बिजमाण्डू
२०७५ असार ९ गते १२:४० | Jun 23, 2018
सुचक १५ अंकले झर्दा कारोबार रकम एक अर्ब १२ करोडमा खुम्चियो, साताभरी यस्तो देखियो बजार

 
काठमाण्डौ। यस साता शेयर बजार मापक सूचक र कारोवार रकम दुबै घटेका छन्। नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोवार मापक सूचक १४.७७ अंकले घटेर १२१८.४६ अंकमा ओर्लिएको छ। 
 
साताभरी एक अर्ब १२ करोड रुपैयाँ ३१ लाख एक हजार रुपैयाँ बराबरको ४९ लाख ६१ हजार एक सय १० कित्ता शेयरहरु खरिद विक्रि भएको छ। साताभरिमा कारोवार रकम ३४.७२ प्रतिशत कम हो। अघिल्लो साता एक अर्ब ७२ करोड ७२ करोड पाँच लाख ६६ हजार रुपैयाँ बराबरको कारोवार भएको थियो।
 
कारोवारमा आएका अन्यबाहेक सबै उपसूचक घटेका छन्। कारोवार रकमको आधारमा नेपाल बैकले पहिलो भएको छ। सात करोड ३३ लाख ६० हजार रुपैयाँको कारोवार गर्दै नेपाल बैक पहिलो भएको हो। कारोवार भएको शेयर संख्याको आधारमा मेगा बैक र कारोवार संख्याको आधारमा उन्नती लघुवित्त अग्रस्थानमा देखिएका छन्। 
 
सात कम्पनीका हकप्रद र वोनस शेयर सूचिकृत भएका छन्।  जसमा नेरुडे लघुवित्त वित्तीय संस्थाको वोनस शेयर छ भने बाँकि सवै कम्पनीका हकप्रद शेयर सूचिकृत भएका हुन्। सूचिकृत शेयर आउँदो सातावाट कारोवारमा आउने छ। 

Tata
GBIME
Nepal Life