एनआइसी एसिया बैंकले ल्यायो डलर क्रेडिट कार्ड, १५ हजार डलरसम्म कर्जाको सीमा, यस्तो छ सुविधा

बिजमाण्डू
२०७५ असार ८ गते १६:१० | Jun 22, 2018
एनआइसी एसिया बैंकले ल्यायो डलर क्रेडिट कार्ड, १५ हजार डलरसम्म कर्जाको सीमा, यस्तो छ सुविधा
काठमाण्डौं। एनआइसी एसिया बैंकले भिजा इन्टरनेशनल युएसडी क्रेडिट कार्ड ल्याएको छ। इकमर्सप्रतिको बढ्दो आकर्षणलाई ध्यानमा राख्दै कार्ड ल्याएको बैंकले जनाएको छ। 
 
नेपाल र भारत वाहेक जुनसुकै मुलुकमा प्रयोग गर्न सकिने कार्डमा अमेरिकी डलर ५ सयदेखि १५ हजारसम्म कर्जा सीमा छ।
 
निशुल्क इकमर्स अनलाइन पेमेन्टको सुविधाका साथै कर्जा सिमितको ५० प्रतिशतसम्म नगद झिक्न मिल्ने बैंकले जनाएको छ। ४५ दिनसम्म ब्याज तिर्न नपर्ने सेवामा १० वा शत् प्रतिशत भुक्तानीको ब्यवस्था कार्डमा रहेको बैंकले जनाएको छ।
 
बैंकका २२४ शाखा, २१७ एटिएम र १४ एक्सटेन्सन काउन्टर छन्। बैंकका ११ वटा शाखारहित बैंकिङ इकाइ छन्। 
 

Tata
GBIME
Nepal Life