सिनर्जी फाइनान्सको २५% हकप्रद निष्काशन, असार २५ देखि निष्काशन, सबै भन्दा खराब क्रेडिट रेटिङ

बिजमाण्डू
२०७५ असार ८ गते ०९:३९ | Jun 22, 2018
काठमाडौं। सबैभन्दा खराब क्रेडिट रेटिङ 'इक्रा एनपी ५' पाएको सिनर्जी फाइनान्सले चुक्ता पूँजीको २५ प्रतिशतका दरले हकप्रद शेयर निष्काशन गर्ने भएको छ। 
 
संस्थाले प्रति कित्ता एक सय रुपैयाँको दरमा ११ लाख ८६ हजार कित्ता हकप्रद असार २५ गतेदेखि साउन २७ गतेसम्म निष्कासन गर्ने भएको हो। 
 
संस्थाको चुक्ता पूँजी ४७ करोड ४४ लाख रुपैयाँको २५ प्रतिशत हकप्रद निष्काशन गरेसँगै चुक्ता पूँजी ५९ करोड ३० लाख रुपैयाँ पुग्नेछ। 
 
हकप्रद आवेदनको लागि प्रभु क्यापिटल कमलादी, सिनर्जी फाइनान्सको केद्रिय तथा शाखा कार्यालयहरु र सिआस्वा सुविधा प्रदान गर्ने बैंक तथा वित्तीय संस्थाहरु रहेका छन्। 
 

Tata
GBIME
Nepal Life