तीन कम्पनीलाई शेयर निस्कासन अनुमति, दुईलाई साधारण शेयर, फाइनान्सलाई हकप्रद अनुमति

बिजमाण्डू
२०७५ असार ७ गते १६:१३ | Jun 21, 2018

Tata
GBIME
Nepal Life

काठमाडौं। प्रोग्रेसिभ फाइनान्सले चुक्ता पूँजीको २८१ प्रतिशत हकप्रद निष्काशन गर्ने अनुमति पाएको छ। नेपाल धितोपत्र वोर्डले माउन्टेन हाइड्रो नेपाल र घलेम्दी हाइड्रो लिमिटेडले प्रभावित क्षेत्रको लागि प्राथमिक शेयर निष्काशन गर्न अनुमति दिएको हो।

 
प्रोग्रेसिभ फाइनान्सको हालको चुक्ता पूँजी २१ करोड रुपैयाँ रहेको छ। इक्रा रेटिङ ५ रहेको फाइनान्सले ५९ करोड एक लाख रुपैयाँको हकप्रद शेयर निष्काशन गर्नेछ। 
 
पाँच मेगावट क्षमताको घलेम्दी हाइड्रोपावरले प्रभावित क्षेत्रको लागि ५ करोड ५० लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको हो। प्रभावित क्षेत्रमा शेयर निष्काशन सँगै कम्पनीले ११ करोड रुपैयाँ सर्वसधारणको लागि निष्काशन गर्नेछ। प्रति मेगावट लागत १८ करोड रुपैयाँ रहेको कम्पनीले क्रेडिट रेटिङ ४ पाएको छ। जम्मा लागत ९४ करोड रुपैयाँ रहेको प्रोजेक्ट निर्माणका लागि ऋण ४१ प्रतिशत र शेयर ५९ प्रतिशत रहेको छ। 
 
माउन्ट हाइड्रोले प्रभावित क्षेत्रका लागि १२ करोड ५० लाख रुपैयाँ निष्काशन गर्ने अनुमति पाएको छ। क्रेडिट रेटिङ ४ पाएको कम्पीले २५ करोड रुपैयाँको सार्वजनिक शेयर निष्काशन गर्ने छ। २१.६ मेगावाट क्षमताको माउन्टेनको ८० प्रतिशत संस्थापक शेयर रहेको छ भने २० प्रतिशतको सर्वसाधारण शेयर रहेको छ। प्रतिमेगावाट १७ करोड रुपैयाँ लागत रहेको कम्पनीले तीन अर्ब ६६ करोड रुपैयाँ मध्ये ७० प्रतिशत लोन प्रयोग गर्नेछ।