जनरल इन्स्योरेन्सले बीमा कारोबार थाल्यो, सर्वसाधारणलाई शेयर जारी गरिने, हात्तीसारमा कार्यालय

बिजमाण्डू
२०७५ असार ६ गते १७:४३ | Jun 20, 2018
जनरल इन्स्योरेन्सले बीमा कारोबार थाल्यो, सर्वसाधारणलाई शेयर जारी गरिने, हात्तीसारमा कार्यालय

काठमाडौं। जनरल इन्स्योरेन्स कम्पनीले बुधबारदेखि कारोबार सुरु गरेको छ। कम्पनीले हात्तीसार काठमाडौंमा कर्पोरेट कार्यालय खोलेर कारोबार सुरु गरेको हो। 
 
कम्पनीका अध्यक्ष कुनाल क्यालले कार्यालयको शुभारम्भ गरेका छन्। कम्पनीको कूल चुक्ता पुँजीमध्ये ७० प्रतिशत लगानी संस्थापकको र बाँकी ३० प्रतिशत सर्बसाधारणको रहनेछ। 
 
कम्पनीको चुक्ता पुँजी १ अर्ब रुपैयाँ रहेको छ। नेपालको प्रतिष्ठित वाणिज्य बैंक, विकास बैंक, वित्तीय संस्थातथा प्रतिष्ठित व्यापारिक घरानासमेतको लगानी रहेको कम्पनीले छिट्टै सर्वसाधारणमा शेयर जारी गर्ने तयारी भइरहेको जनाएको छ। 

Tata
GBIME
Nepal Life