मौद्रिक नीति लेखिरहेको राष्ट्र बैंकतिर शेयर लगानीकर्ताको आँखा, सुचक ८ अंक बढिले झर्यो

बिजमाण्डू
२०७५ असार ६ गते १५:४० | Jun 20, 2018

Tata
GBIME
Nepal Life

काठामडौं। बढ्नका लागि मौद्रिक नीतिलाई पर्खिरहेको शेयर बजार बुबार ८.३४ अंक तल ओर्लिएको छ। सुधक १२१८ अंक हाराहारीमा आइपुगेको हो।

 
कारोबार रकममा सामान्य सुधार देखिए पनि लगानीकर्ता पर्ख र हेरको अवस्थामै रहेका छन्। दिनभरिमा १५६ कम्पनीका २७ करोड ३८ लाख रुपैयाँको शेयर किनबेच भएका छन्।
 
ट्रेडिङ सुचक स्थिर देखएपनि सबै सुचक रातो भएका छन्। बीमा ४१ अंक हाराहारी झरेको छ। नेपाल टेलिकम सुचिकृत अन्य सुचक करिव ८ अंकले ओर्लिएको छ। बैंक तथा वित्तीय संस्थाका सुचकहरु पनि रातो भएका छन्।
 
१५६ कम्पनीमध्ये ३१ वटा कम्पनीको मात्र शेयर मूल्य बढेको छ। ओम डेभलपमेन्ट बैंकको सबैभन्दा धेरै मूल्यको कारोबार भएको छ।