प्रधानमन्त्रीको चीन भ्रमण:६० करोडमा खानी किनेको सिमेन्ट कम्पनी हुवासिनसँग सम्झौंता

बिजमाण्डू
२०७५ असार ६ गते १०:४७ | Jun 20, 2018
प्रधानमन्त्रीको चीन भ्रमण:६० करोडमा खानी किनेको सिमेन्ट कम्पनी हुवासिनसँग सम्झौंता


Tata
GBIME
Nepal Life

काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा हुवासिन सिमेन्टसँग सम्झौंता भएको छ।उद्योग स्थापनाका लागि बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र हुवासिन सिमेन्टका तर्फबाट उपाध्यक्ष सू गाङले हस्ताक्षर गरे।

सो परियोजनामा हुवासिनले रु १४ अर्ब ४० करोड लगानी गर्नेछ। सो परियोजनाले एक हजार जनालाई रोजगारीको अवसर प्रदान गर्नेछ। धादिङमा रहेको चुनढुंगा खानी प्रयोग गरेर सिमेन्ट उद्योग स्थापना गर्ने सम्बन्धमा यसअघि नै प्रारम्भिक सम्झौता भइसकेको छ।

हुवासिन त्यही कम्पनी हो जसले ६० करोडमा खानी किनेको थियो।यो खानीको टेण्डर हुँदा स्वदेशी कम्पनीले १२ करोड रुपैयाँ मात्रै हालेका थिए।स्वदेशी लगानीकर्ता भन्दा झण्डै ६ गुणा बढी मूल्य हालेपछि स्वदेशी लगानीकर्ता समेत आश्चर्यचकित भएका थिए।चीनको यो कम्पनी तात्कालिन प्रधानमन्त्री केपी ओलीका पालामा लगानीका लागि आएको थियो।

ओली प्रधानमन्त्री भएकै बेला लगानी बोर्डमार्फत २०७२ मंसिर २६ गते ह्वासिनले नेपालमा १४ अर्ब ४० करोड रुपैयाँ सिमेन्ट उद्योग खोल्ने प्रस्ताव स्वीकृत भएको थियो।लगानी बोर्डको अध्यक्ष प्रधानमन्त्री हुने प्रावधान छ।धादिङ जिल्लाको बेनीघाट रोराङ गाउँपालिका र मकवानपुरको राक्सी राङ्क गाउँपालिकामा पर्ने उक्त चुनखानी क्षेत्रमा चार वर्षभित्र अध्ययन सकेर उत्खनन् कार्य सुरु गर्ने लक्ष्य राखिएको छ।

ह्वासिनले अहिले ३० भन्दा बढी देशमा खनिज उद्योगमा काम गरिरहेको छ।आफैले उत्खनन गरेको चुनढुङ्गाबाट दैनिक तीन हजार टन सिमेन्ट उत्पादन गर्ने ह्वासिनको योजना छ।सुरुमा नेपाली साझेदार सहित लगानी ल्याउने योजनामा रहेको उक्त कम्पनीले अहिले शतप्रतिशत चिनियाँ लगानीमा उद्योग स्थापना गर्ने भएको हो।

पहिला नेपाली साझेदार ल्याउन ह्वासिन नारायणी नाम राखेको कम्पनीले अहिले नाम परिवर्तन गरेर ह्वासिन सिमेन्ट मात्रै राखेको छ।यो नाम समेत बोर्डले स्वीकृत गरिसकेको छ। सुरुमा वीरगञ्ज औद्योगिक करिडोर वरपर उद्योग स्थापना गर्ने योजना सहित २०७२ सालमै लगानी बोर्डमा निवेदन दिएपनि अहिले धादिङ/मकवानपुरमा रहेको चुनढुङ्गा खानीको अध्ययन/उत्खननको जिम्मा पाएसँगै धादिङको नौबिसेमा उद्योग स्थापना गर्ने भएको छ।