सुन्धारामा पाँच तारे अपार्टमेन्ट घोषणा गरेको सिभिल समूहको यूटर्न, अपार्टमेन्टमा अब होटल

बिजमाण्डू
२०७५ असार ५ गते १२:४० | Jun 19, 2018
सुन्धारामा पाँच तारे अपार्टमेन्ट घोषणा गरेको सिभिल समूहको यूटर्न, अपार्टमेन्टमा अब होटल

Tata
GBIME
Nepal Life

काठमाडौं।चार वर्षअघि सिभिल ग्रुप अन्तर्गतको सिभिल स्टेट प्रालीले सुन्धारामा पाँच तारे होटलको सुविधासहितको अपार्टमेन्टको बुकिङ खुला गर्यो।
फाइभ स्टार होमटेल नाम दिइएको यो अपार्टमेन्ट बिक्री खुला हुँदा ‘डेमो’ मात्रै थियो।पूर्वाधार तयार भएको थिएन।

सिभिल लक्जरी रेसिडेन्सको वेसमेन्टमा बन्ने डिपिङ पुल तथा ज्याकुजीमा ‘प्राकृतिक प्रकाश’ आउने गरि डिजाइन तयार पारिएको समूहका अध्यक्ष र्इच्छाबहादुर तामाङले बताएका थिए।कम्पनीले ६ रोपनी जग्गामा लक्जरी रेसिडेन्सका फेमिली टावर, प्रिमियम टावर र कर्पोरेट टावर गरेर तीन क्याटागोरी छुट्याएर बनाउने घोषणा गरेको थियो।

साढे तीन अर्ब रुपैयाँ लागतको सिभिल लक्जरी रेसिडेन्सका अपार्टमेन्टहरुको मुल्य ८४ लाख देखि दुई करोड रुपैयाँसम्म पर्ने बताइएको थियो। बुकिङ खुला भएको केही समयभित्रै केही अपार्टमेन्ट बुकिङ भएको दाबी कम्पनीले गर्यो।तर चार वर्ष अघि अपार्टमेन्ट बुकिङ खुला गरेको त्यहि ठाउँमा कम्पनीले होटल बनाउने निर्णय गरेको छ। स्रोतका अनुसार अपार्टमेन्ट बिक्री नभएपछि होटल बनाएर व्यवसायमा रिकभर गर्न खोजेका हुन्।‘

 
प्रिमियम अपार्टमेन्ट किन्ने मान्छे नभएपछि होटल बनाएर व्यवसायलार्इ रिकभर गर्न खोजिएको हो।ठूलो लगानी भइसकेको अवस्थामा त्यतिकै छाड्नु भन्दा होटल बनाएर संकट समाधानको बाटो लिइएको हो’कम्पनीका एक कर्मचारीले भने,होटलमा जानेवित्तिकै बैंक ऋण पनि व्यवस्थापन गर्न सहज हुन्छ।‘ हाउजिङ व्यवसायमा पायोनियर रहेको सिभिल समूह सुन्धाराको प्रिमियम अपार्टमेन्टमा भने असफल भएर होटलमा हात हालेको हो। प्रिमियम अपार्टमेन्ट घोषणा गरेपछि घरजग्गामा मन्दी आएकोले सुन्धाराको परियोजनामा यो समूह असफल बन्यो।

यो समूहले प्रिमियम अपार्टमेन्ट अघि सिटिसी मल समेत निर्माण गरेको छ।समूहले निर्माण गरेको सिटिसी मलको स्पेशनै बिक्री गरेको थियो।सिटिसी मलको समेत सबै स्पेश बिक्री नभएर समूहले भाडामा दिएको थियो।

साढे तीन अर्बको होटल
यो समूहले त्यही स्थानमा तीन अर्ब ५० करोड रुपैयाँ लगानीमा ‘सिभिल होटल’ संचालनमा ल्याउन उद्योग विभागमा दर्ता गरिसकेको छ।

२ सय २५ बेड क्षमताको होटल हुनेछ।होटलमा सय जना अट्ने रेष्टुरेन्ट हुनेछ। १३८ जनालाई रोजगारीको प्रतिवद्धता गरिएको छ।सिभिल को अपरेटिभ्स, सिभिल बैंक, सिभिल होम्स, सिभिल अपार्टमेन्ट, सिभिल मल, सिटिसि मल लगायतका दर्जनौ आयोजनामा तामाङ अध्यक्ष रहेको सिभिल ग्रुपको लगानी छ।

अपार्टमेन्ट बुकिङ खुला गर्दाको डेमो यस्तो थियो