नक्कली अन्तशुल्क स्टिकर: ३ महिनादेखि ३ डिस्टिलरी बन्द, अझै सकिएन अनुसन्धान, १२ करोड नोक्सान

बिजमाण्डू
२०७५ असार ४ गते ११:०७ | Jun 18, 2018
नक्कली अन्तशुल्क स्टिकर: ३ महिनादेखि ३ डिस्टिलरी बन्द, अझै सकिएन अनुसन्धान, १२ करोड नोक्सान


फाइल फोटो।

Tata
GBIME
Nepal Life

काठमाडौं। करिब ३ महिनाअघि सांग्रिला डिष्टिलरीले उत्पादन गरेको मदिरामा अन्तशुल्कको नक्कली स्टिकर प्रयोग गरेको फेला पर्यो । धनुषामा उद्योग रहेको यो कम्पनीको उत्पादनमा नक्कली स्टिकर प्रयोग भएको बुटवलमा भेटिएको थियो। 
 

त्यस्तै अभिनव डिष्टिलरीको र झापाको भोलेबाबा डिस्टिलरीको उत्पादनमा पनि नक्कली स्टिकर प्रयोग भइरहेको प्रहरीले फेला पर्योि। आन्तरिक राजस्व कार्यालयहरुले गरेको अनुसन्धान र अनुगमनका क्रममा सुनसरी, झापा, रुपन्देही तथा धनुषामा सञ्चालित उद्योगहरुमा संकास्पद कारोबार हुने गरेको भेटिएको थियो। 
 
तीन महिनायता यी उद्योगहरु यता बन्द छन्। आन्तरिक राजस्व कार्यालय र प्रहरीको संयुक्त टोलीले त्यसलाई अनुसन्धान अघि बढाइरहेको छ। रुपन्देही प्रहरीले सांग्रिला डिस्टिलरीका सञ्चालक विरुद्ध रुपन्देही जिल्ला अदालतमा मुद्दा अघि बढाउनुबाहेक अन्य अनुसन्धान सकिएको छैन। 
 
झापाको भोलेबाबा डिस्टिलरीका सञ्चालकलाई उपस्थित गराउन आन्तरिक राजस्व कार्यालय जनकपुरले झापा प्रहरीलाई पत्राचार गर्योी। तर अहिलेसम्म डिस्टिलरी सञ्चालक फरार छन्। 'अनुसन्धानमा प्रमाण भेटिएका छन्। तर उद्योगी फेला नपरेसम्म त्यसमाथिको कारबाही अघि बढाउन समस्या छ,' कार्यालय प्रमुख कृष्णप्रसाद मैनालीले भने। 
 
सम्बन्धित आन्तरिक राजस्व कार्यालयभन्दा बाहिरबाट नक्कली अन्तशुल्क भेटिएकाले पनि अनुसन्धान अघि बढाउन समस्या भएको उनले बताए। 'बुटवलका उद्योगीको फ्रड यहाँ भेटिएको छ, हाम्रो क्षेत्रमा पर्नेहरु काठमाडौंमा भेटिएका छन्,' मैनालीले भने, 'यसले केही समस्या भएको छ। तैपनि अनुसन्धानको प्रक्रिया अघि बढिरहेको छ।' 
 
आन्तरिक राजस्व विभागले पनि यी उद्योगमाथिको अनुसन्धान छिट्टै सकिने जनाएको छ। विभागका उपमहानिर्देशक यज्ञ ढुंगेलले अनुसन्धानको क्रम अन्तिम चरणमा पुगेको भन्दै सम्बन्धित आन्तरिक राजस्व कार्यालयहरुले नै यी विषय निरुपण गर्ने जानकारी दिए। 
 
तीन उद्योग बन्द हुँदा मासिक ४ करोड नोक्सान
मैनालीका अनुसार तीनवटा डिस्टिलरीले मासिक ४ करोड रुपैयाँका दरले राजस्व तिर्दै आएका थिए। नक्कली स्टिकर भेटिएपछि ती उद्योग बन्द छन्। जसका कारण सरकारले अहिलेसम्म करिब १२ करोड रुपैयाँ राजस्व गुमाएको छ।
 
'राजस्व गुम्ने भन्दा पनि अपराध नियन्त्रणलाई मुख्य रुपमा लिएका छौँ, त्यसलाई निश्कर्षमा पुर्या उन सकियो भने भविष्यमा थप फ्रड रोक्न सहयोग गर्थे,' मैनाली भन्छन्, 'यसलाई सकेसम्म छिटो सक्नुपर्नेछ।'