महालक्ष्मी विकास बैंकले मृतक कर्मचारीको परिवारलाई दियो सात लाख रुपैयाँ

बिजमाण्डू
२०७५ असार ३ गते १७:२१ | Jun 17, 2018

 

Tata
GBIME
Nepal Life

काठमाडौं। महालक्ष्मी विकास बैंकको तुलसीपुर शाखा कार्यालयमा कार्यरत कर्मचारी किसोरकुमार बडुको परिवारलाई बैंकले सात लाख रुपैयाँ सहयोग गरेको छ।

बैंकका कार्यकारी अधिकृत कृष्णराज लामिछानेले बडुको परिवारलाई सात लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन्।

बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायले व्यक्तिगत तर्फबाट थप २५ हजार रुपैयाँ पनि बडुको परिवारलाई उपलब्ध गराएको छ।

गत वर्ष चैत्र ११ गते बैतडी घरभइ दाङ तुलसीपुरमा कार्यरत किसोरकुमार बडुको मोटरसाइकल दुर्घटना परी असामयिक निधन भएको थियो।

बैंकले मिति यहि जेठ ३० गते बैतडी शाखामा एक कार्यक्रम आयोजना गरि मृतक बडुका पिता जनक बहादुर बडुलाई सात लाख २५ हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको छ।