म्याक लुब्रिकेन्ट्सको नयाँ प्याकेजिङको शुभारम्भ, ग्राहकको मन जित्ने कम्पनीको विश्वास

बिजमाण्डू
२०७५ असार ३ गते १६:४३ | Jun 17, 2018
म्याक लुब्रिकेन्ट्सको नयाँ प्याकेजिङको शुभारम्भ, ग्राहकको मन जित्ने कम्पनीको विश्वास

काठमाडौं। ग्लोबल फरच्यून ५०० र महारत्न कम्पनी, भारत पेट्रोलियम कर्पोरेशन लिमिटेडले आफ्नो प्रमुख ब्राण्ड म्याक लुब्रिकेन्ट्सको पूर्ण नयाँ प्याकेजिङ रेन्जको शुभारम्भ गरेको छ। विपिसिएलका अध्यक्ष तथा म्यानेजिङ डाईरेक्टर डि राजकुमार र सिप्रदी ट्रेडिङ्ग प्रालिका कार्यकारी निर्देशक सिद्धार्थ शम्सेर जबराले गर्नुभयो शुभारम्भ गरेका हुन्।
 
सिप्रदी म्याक लुब्रिकेन्ट्सको लागि नेपालको आधिकारिक बिक्रेता हो। कार्यक्रममा विपिसिएल तथा सिप्रदीका वरिष्ठ अधिकृतहरुको पनि उपस्थिति थियो। 
नयाँ भविष्यलाई अंगाल्ने योजना अनुसार म्याक लुब्रिकेन्ट्सले आकर्षक र नयाँ डिजाईनमा पूर्णरुपमा नयाँ रेन्जको प्याकेजिङको सुरुवात गरेको जनाएको छ। नयाँ प्रविधि र वस्तुको कार्यगत क्षमताबाट उत्प्रेरित भएर आएको नयाँ प्याकमा भविष्यवादी जेन–एक्स प्रोफाईल भएकोले यसले बजारमा आफ्नो स्थान ओगट्ने कम्पनीको दाबी छ। 

Tata
GBIME
Nepal Life