राष्ट्रिय वाणिज्य बैंकले काभ्रेको भकुन्डेबेसीमा शाखा खोल्यो, जनताको घरदैलोमै सेवा दिने

बिजमाण्डू
२०७५ असार ३ गते १४:२२ | Jun 17, 2018

Tata
GBIME
Nepal Life

काठमाडौं। राष्ट्रिय वाणिज्य बैंकले काभ्रेको नमोबुद्ध नगरपालिका वडा नम्बर ७ भकुन्डेबेसीमा नयाँ शाखा खोलेको छ।

बैंकको नयाँ शाखाको अर्थमन्त्रालयका सचिव डा. राजन खनालले उद्घाटन गरे। खनालले बैंकहरुले जनताको घरदैलोमा सेवा पुर्याउन सकेमात्र प्रतिस्पर्धामा उत्रिन सक्ने बताए।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले  नयाँ सम्भाब्य क्षेत्रहरुमा शाखा खोल्दै लैजाने जानकारी दिए।

बैंकको हाल ६९ जिल्लामा १सय ९२ शाखा कार्यालय,१ सय ३५ वटा एटिएम तथा ९३ वटा शाखारहित बैंकिङ रहेको छ।

बैंकका अनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म बैंकले १ खर्ब ५३ अर्ब निक्षेप संकलन गरी १ खर्ब १२ अर्ब कर्जा लगानी गरेको छ। यसैगरी ३ अर्ब ८ करोड खुद मुनाफा कमाएको जनाएको छ।