भारतमा भोडाफोन र आइडिया मर्जरपछि नम्बर १ बन्दै, अम्बानीको रिलायन्स जियोलाई झट्का!

बिजमाण्डू
२०७५ असार ३ गते १२:५२ | Jun 17, 2018

Tata
GBIME
Nepal Life

भारतमा भोडाफोन इन्डिया तथा आइडिया सेल्युलरबीच मर्जर हुने भएको छ। दुई दुरसंचार प्रदायक कम्पनीहरुको मर्जर भएपछि बन्ने नयाँ कम्पनी भारतकै सबैभन्दा ठूलो कम्पनी हुनेछ। नयाँ कम्पनीको नाम भोडाफोन आइडिया लिमिटेड राखिएको छ।

मर्जरपछि नयाँ कम्पनीको संयुक्त कमाइ २३ अर्ब डलर तथा ग्राहक संख्या ४३ करोड पुग्ने बताइएको छ। ग्राहक संख्याको हिसाबले यो भारतकै सबैभन्दा ठूलो कम्पनी बन्न लागेको हो।

भारतीय दूरसंचार बिभागले सोमबार भोडाफोन इन्डिया तथा आइडिया सेल्युलरको मर्जको योजनालाई सहमति दिने बताइएको छ। बजार बिस्तारमा एग्रेसिभ हुँदै आएको रिलायन्स कम्पनीको जियोका लागि भने नयाँ बन्ने कम्पनीले कडा चुनौती थपिदिएको छ।  

रिलायन्स जियो आएपछि टेलिकम बजारमा आकर्षक प्याकेज दिएर उपभोक्ताहरुलाई आकर्षित गर्न थालेको थियो। यसबाट भारतमा दूरसंचार सेवा प्रदायकहरुबीच ठूलो प्रतिस्पर्धा रहेको छ।

प्रतिस्पर्धा बढ्दै गएपछि  उपभोक्तालाई भने धेरै फाइदा भएको छ। कम्पनीहरुले अफर दिएकै कारण भारतमा मोबाइल, इन्टरनेट तथा कल सेवाहरुको दरमा पनि धेरै कमी आएको छ।

मर्जरमा जान लागेका दुबै टेलिकम कम्पनीको संयुक्त ऋण १.१५ लाख करोड रुपैयाँ हुने अनुमान गरिएको छ।

मर्जरपछि नयाँ कम्पनीमा भोडाफोनको ४५.१ प्रतिशत शेयर तथा आदित्य बिडला समूहको २६ प्रतिशत शेयर हुने बताइएको छ भने आइडियाका शेयरधनीहरुको २८.९ प्रतिशत शेयर रहने बताइएको छ।

कुमारमंगलम बिडला नयाँ कम्पनीको गैर कार्यकारी अध्यक्ष बन्नेछन् भने बालेश शर्मा कम्पनीका कार्यकारी अधिकृत बन्ने सहमति भएको छ।