घरजग्गा मेला:३७ लाखमै अपार्टमेन्ट, ९५ लाख रुपैयाँमा घर, ९ लाख रुपैयाँ आनामा जग्गा

बिजमाण्डू
२०७५ असार २ गते १७:५७ | Jun 16, 2018

Tata
GBIME
Nepal Life

काठमाडौं। राजधानीमा असार १ गतेदेखि सुरु भएको घरजग्गा मेलामा ३७ लाख रुपैयाँमा अपार्टमेन्ट र ९५ लाख रुपैयाँमा घर बिक्रीका लागि राखिएको छ।घरजग्गा कारोबारमा मन्दी आएका बेलामा गरिएको मेलामा विभिन्न कम्पनीले सस्तो मूल्यमा अपार्टमेन्ट र घर बिक्रीमा राखेका छन्।
 

 सिभिल्स होम्स
सिभिल्स होम्सले ललितपुरको धापाखेलमा निर्माणाधीन १ बेडरुमको अपार्टमेन्ट ३७ लाख रुपैयाँ बिक्री गर्ने भएको छ।
 
३१८ स्क्वायर फिट क्षेत्रफलमा बनेको अपार्टमेन्टमा  बालकोनी सहितको एक बेडरुमका साथै लिभिङ, डाइनिङ, बाथरुम र किचन रुम रहने कम्पनीले जनायो।सिभिल होम्सलेनै निर्माण गरेको गोदावरीस्थित साढे तीन आनामा बनेको अढाइ तले घर एक करोड ५५ लाख रुपैयाँमा बिक्री गर्ने जनाएको छ।
 
डाउनटाउन अपार्टमेन्ट
ललितपुर धापाखेलमै रहेको डाउनटाउन अपार्टमेन्टले पनि १ बेडरुमको अपार्टमेन्ट ५८ लाख रुपैयाँमा बिक्रिका लागि राखेको छ।
 
एक बेडरुम सहित लिभिङ, डाइनिङ, बाथरुम र किचनरुम भएको अपार्टमेन्ट ५८ लाख रुपैयाँमा मेला अवधिमा बिक्रीका लागि राखिएको छ।डाउनटाउनको हाउजिङहरु भने एक करोड १० लाख रुपैयाँदेखि माथी रहेका छन्। कम्तीमा ४ आना क्षेत्रफलमा बन्दै गरेका घरहरु इमाडोलमा बनिरहेको कम्पनीले जनाएको छ।
 
रोडशो रियल स्टेट
रोडशो रियल स्टेटले बुढानिलकण्ठमा एक बेडरुमको अपार्टमेन्ट ७७ लाख रुपैयाँमा बिक्री गर्ने जनाएको छ। लिभिङ डाइनिङ, बाथरुम र किचेनरुम सहितको अपार्टमेन्ट ७७ लाख रुपैयाँदेखि माथि रहेको कम्पनीले जनाएको छ।

कम्पनीकै हाउजिङ भने ४ आनामा बनेका घरहरु २ करोड ५० लाख रुपैयाँदेखि माथिका छन्
 

क्लासिक टावर
सातदोबाटो ललितपुरमा रहेको क्लासिक टावरले २ बेडरुमको अपार्टमेन्ट ८२ लाख रुपैयाँदेखि बेच्न राखेको छ। ७५ लाख रुपैयाँदेखि अपार्टमेन्ट बेच्न सुरु गरेको क्लासिकले बुकिङ भैसकेकाले ८२ लाख रुपैयाँ माथीका अपार्टमेन्ट बुकिङका लागि राखिएको कम्पनीले जनाएको छ।
 
साउथिन ग्रीन हाउजिङ
ललितपुरको चापागाउँमा रहेको साउथिन ग्रीन हाउजीङमा ढाइ आनामा बनेका घर ९५ लाख रुपैयाँमै किन्न पाइन्छ। मेला अवधिभर विशेष प्याकेज ल्याउँदै ९५ लाख रुपैयाँ देखि ५ आनामा बनेको घर एक करोड ७५ लाख रुपैयाँ सम्ममा बिक्रीका लागि राखेको छ।
 
पद्मा् कोलनी
पद्माा कोलनीले मेला अवधिमा २ करोड ३५ लाख रुपैयाँ देखि माथी बिक्रीका लागि राखिएको छ। सितापाइलामा बनेका ३ आना देखि माथीका घरहरु २ करोड ३५ लाख रुपैयाँ देखि ३ करोड १० लाख रुपैयाँ सम्मका बिक्रीका लागि राखेको कम्पनीले जनाएको छ।
 
९ लाखमा जग्गा
मेला अवधीमा जग्गा किन्न चाहनेलाई आइएमएस डेभ्लोपर्सले ९ लाख रुपैयाँ प्रति आनामा प्लानिङका घडेरी बिक्री गरिरहेको छ।
 
भक्तपुरको छालिङमा रहेको प्लानिङमा ३ आना देखि १० आना सम्मका घडेरी ९ लाख रुपैयाँ देखि ११ लाख रुपैयाँ प्रतिआना सम्मका बिक्री गरिरहेको छ।
 
असार १ गते देखि सुरु भएको मेला असार ५ गते सम्म चल्नेछ। मेलामा घरजग्गा मात्रै नभएर घर निर्माण, सजावट र घरसँग आवश्यक सम्पूर्ण सामाग्रीहरुका स्टल एकै ठाउँमा राखिएको छ।