अब राष्ट्र बैंकले फोर्सफुल मर्जर नीति नै ल्याउनु पर्छ, राजेन्द्र खेतानको विश्लेषण




 
सञ्चालनमा रहेका २८ बाणिज्य बैंकहरु करिव करिव ७ सय ५३ वटै स्थानीय तहमा पुगिसकेका छन्। बैंकिङ पहुँच अभिवृद्धि भइरहेको छ। तर, नेपालको अर्थतन्त्रको आकार र आवश्यकतालाई केलाउँदा बाणिज्य बैंकहरुको संख्या धेरै देखिन्छ।
 
नेपालमा बाणिज्य बैंकको संख्या सात भए पुग्छ। नेपालमा कुनै ठूलो प्रोजेक्ट आउँदा एउटा बैंकको क्षमताले मात्र लगानी गर्न सक्ने अवस्था छैन। उसँग त्यत्रो ठूलो जोखिम उठाउने हिम्मत पनि हुँदैन। सहवित्तीयकरणमा नगइ ऋण दिने अर्को विकल्प छैन। सहवित्तीयकरणमा जाँदा एउटै आवाज पनि हुँदैन। यसले गर्दा लागत बढिरहेको हुन्छ। 
 
त्यसैले नेपालमा पूर्वाधार आयोजना वा अन्य ठूला आयोजना गर्ने हो भने बैंकको क्षमता बढाउनु पर्छ। त्यसको एउटा मात्र उपाय 'विग मर्जर' हो। मर्जर हुँदा धेरै संस्थामा छरिएको पूँजी एकिकृत हुन्छ। यसबाट पाँच वटा फाइदा तत्कालै हुन्छन्।
 
पहिलो, पूँजी एक ठाउँमा आउँछ। जगेडा कोष (रिजर्भ) पनि एक ठाउँमा आउँने भयो। प्रोफिटाबिलिटी बढ्छ। खर्च घट्छ। र शाखा सञ्जाल विस्तार हुन्छ। जहाँ दोहोरिन्छन् त्यसलाई रिलोकेट गरेर पहुँच बढाउन थप सहयोग पुग्छ। बजार विस्तार पनि हुन्छ। यसले उत्पादकत्व र बैंकको स्तर वृद्धिमा धेरै ठूलो भूमिका खेल्छ। त्यही भएर मर्जरको आवश्यकता छ। 
 
सात वटा किनभन्दा मलेसियाले पनि सातमा झारेको थियो। नेपालमा सात होला, आठ होला वा पाँच होला। तर सातको वरीपरी होस् भन्ने उदाहरण हो मेरो। कम्तीमा १० भन्दा तल ल्याउनु पर्छ भन्ने हो।
 
२८ वटा बैंक १० भन्दा तल झार्दा मोनोपोली होला कि भन्ने तर्क पनि आउला। तर उच्च नियमनमा बैंकहरु बस्ने भएकाले मोनोपोलीको संभावना यसमा धेरै रहँदैन। बेलुका सिस्टम बन्द हुनुभन्दा पहिला डेटा राष्ट्र बैंकमा पठाइसक्नु पर्छ। 
 
अन्तर्राष्ट्रिय अभ्यासका लागि बासेल छ। त्यसले हामीलाई बाँध्छ। बाफिया अन्तर्राष्ट्रियस्तरको छ। त्यही भएर बैंकहरुले धेरै मोनोपोली गर्ने ठाउँ हुँदैन। राष्ट्र बैंकको उच्च नियमन हुन्छ। त्यसैले चलखेल गर्ने ठाउँ कम हुन्छ। क्षमता बढाउने र खर्च घटाउने गरेर नाफा बढाउनु त राम्रो हो। 
 
मर्जर गर्ने भनेर मात्र हुँदैन। नेपालमा फोर्सफुल मर्जरवाहेक अर्को विकल्प छैन। नेपालमा अध्यक्ष मै बन्नु पर्छ। डाइरेक्टर मै हुनु पर्छ। म त मालिक हो भन्ने धारण ब्याप्त छ। बैंकमा मालिक भन्ने हुँदैन। शेयरधनी भनेको ट्र्स्टी हो। राम्रो काम गरेर शेयर मूल्य बढाउने वा राम्रो लाभांश लिनेतिर काम गर्नु पर्छ। यसले गर्दा संस्थागत सुशासन पनि खल्बलिँदैन। र बैंकले पनि तरक्की गर्दै जान्छ। 
 
कस्ता संस्थाहरु मर्ज गर्ने भन्ने महत्वपूर्ण हुन्छ। मेरो बिचारमा समानस्तरका बैंकहरु मर्ज गराउनु उपयुक्त हुन्छ। ठूलो र सानो गराउँदा भन्न बराबरी हैसियतकाहरुको गराउँदा राम्रो हुन्छ। यसले गर्दा कमजोर संस्था पनि बलियो बन्छन्। 
 
उदाहरणका लागि नबिल र एभरेष्ट। हिमालयन र नेपाल इन्भेष्टमेन्टजस्ता बैंकहरु मर्ज गराउँदा बजारको ठूलो हिस्सा एकै ठाउँमा केन्द्रीकृत हुन्छ। तर उच्च नियमन र सुपरिवेक्षण हुने भएकाले ठूलो संस्थाहरु मर्ज हुँदा पनि उनीहरुले मनपरी गर्न सक्दैनन्। सबैको ब्यापारको प्रकृति पनि फरक छ। 
 
जनशक्ति ब्यवस्थापनको समस्या होला की भन्ने पनि छ। तर विगतको मर्जरले यो समस्या होइन भनेर देखाइसकेको छ। कर्मचारी ब्यवस्थापनका लागि स्वेच्छिक अवकास नीति ल्याउन सकिन्छ। कामका आधारमा जिम्मेवारी दिएर पनि ब्यवस्थापन हुन्छ। आखिर बैंक भनेको विस्तार हुँदै जाने हो। त्यसो हुँदा कर्मचारी बढि हुने भन्ने हुँदैन। कर्मचारी ब्यवस्थापन गाह्रो हुँदैन। कर्मचारी र ट्रेड युनियनले अहिलेसम्म मर्जरलाई साथ दिएका छन्। नाफा बढ्दा उनीरुको पनि वोनस बढ्छ। 
 
बैंकहरुको संख्या कम हुँदै जाँदा नियामक नेपाल राष्ट्र बैंकलाई पनि सुपरीवेक्षण र नियमन गर्न सहज हुन्छ। मर्जर भनेको दुईटा बैंकको आपसी समझदारी हो। ठूला ठूला वा साना ठूला भन्ने कुरा आँफै मिलिहाल्छन्। प्रबृत्ति र प्रकृति मिल्ने हिसावले मर्ज गराउनु पर्छ। ब्यापारको प्रकृति अनुसार मर्ज गर्दा वैज्ञानिक हुन्छ। 
 
लक्ष्मी बैंकको अहिले एभरेष्ट बैंकसँग वार्ता चलिरहेको छ। एभरेष्ट कोर बैंकिङमा छ। लक्ष्मी होलसेलमा छ। लक्ष्मी सबै प्रकृतिका वित्तीय क्षेत्रमा छ। एभरेष्ट बाणिज्य बैंकिङमा मात्र छ। एभरेष्टसँग पञ्जाव नेशनल बैंकको फ्रेन्चाइजी छ, लक्ष्मीसँग छैन। यसो हुँदा लक्ष्मी र एभरेष्ट एकअर्काका कम्प्लिमेन्ट्री हुन्। 
 
यस्तै फरक प्रकृति अरु बैंकमा पनि हुनसक्छ। एकमा अर्को जोडिँदा तुलनात्मक लाभ हुने संस्थाहरु मर्ज गराउनु पर्छ। यद्यपी फोर्सफुल मर्जरनै हुनुपर्छ। ब्ल्याक होल थेउरी छ, जसले एकअर्कालाई तान्छ। त्यस्तै ब्ल्याक होल प्रोसेसबाट मर्जरलाई लैजानु पर्छ।
 
जति ठूलो संस्था त्यति धेरै असफलता (विग मर्जर विग फेल) भन्ने कुरा पनि होला। तर असफल हुने सम्भावना कम छ। राष्ट्र बैंकको नियमन बलियो छ। संस्था थोरै भएपछि अझ नियमन राम्रो हुन्छ। बाफिया र वासेल छ। हामी उत्कृष्ट नियमनमा छौं। साउथ एसियामै हामी बैंकिङमा एक स्टेप माथि देखिन्छौं। नियमनमा, नीतिनियम परिपालनामा हामी धेरै माथि छौं। नेपालमा छिटपुट घटना भएपनि बाणिज्य बैंकहरु डुबेकै अवस्था पनि छैन। ७० बर्ष पुराना बैंकले पनि अहिलेको युगमा आएर  आफूलाई प्रतिस्पर्धी बनाउन खोजिरहेको छ। नेपालमा बैंकिङको इतिहास छ। अनुभव बढ्दै गएको छ। राष्ट्र बैंकको क्षमता बढिरहेको छ। 
 
अहिलेको अस्वस्थ प्रतिस्पर्धा पनि मर्जरले रोक्छ। वित्तीय क्षेत्रलाई अझ परिस्कृत, सृदृढ र आधुनिक बनाउने हो भने मर्जरमा जानै पर्छ। यसपालीको मौद्रिक नीतिबाट संवोधन हुँदा सबैभन्दा राम्रो हुन्छ।
(खेतान लक्ष्मी बैंकका संस्थापक शेयरधनी हुन्)


Share this Story

   

अब राष्ट्र बैंकले फोर्सफुल मर्जर नीति नै ल्याउनु पर्छ, राजेन्द्र खेतानको विश्लेषण को लागी २ प्रतिक्रिया(हरु)

Kaamasa Karki[ 2018-06-21 03:13:06 ]
It seems sponsored opinion, otherwise the beneficiary of the proposed merger could only be NRB, no one else. CEOs may not have any benefit and the general public will not have benefit from this merger. Banking Industry will go under monopolistic environment after proposed merger. If NRB is not able to regulate present number of banks then, isn't it the primary responsibility of NRB to strengthen its supervisory capability ? otherwise what was the study and conclusion of NRB when it issued license for number of banks in past?

   हालसम्म १६ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Krishna B. Shrestha[ 2018-06-20 08:09:41 ]
Sorry to write in English because of my poor Nepali writing in PC. I had opined before in your Bizmandu that all 28 commercial banks should be pulled together to only 5 commercial banks. These heavy cost banks are unnecessary in our small economy. And all development banks should be converted into just one Infrastructural bank to finance only the infrastructural projects together with the commercial banks. The monitoring and supervision by Nepal Rastra Bank could then be more effective and can support development process. My opinion stands.

   हालसम्म २० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.