वर्षायाममा ३ महिना सडक खन्न नपाइने, जवर्जस्ती खने सडक ऐन अनुसार कार्वाही गर्ने सरकारको घोषणा






काठमाडौं। सरकारले कुनैपनि प्रयोजनको लागि वर्षायाममा सडक खन्न नदिने घोषणा गरेको छ।


वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन लगायतका प्रयोजनको लागि सडक खन्दा तत्कालै मर्मत गरि पहिलेकै अवस्थामा ल्याउन नसकिने भएकाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सडक खन्न स्विकृति नदिने सूचना जारी गरेको छ।

वर्षायाममा सडक खन्दा सडक तत्काल मर्मत गर्न त सकिदैन भने,सडक थप बिग्रिने र हिलो भएर जनताले सास्ती पाउने भन्दै असार १ गते देखि भदौ ३१ गतेसम्मको अवधीमा सडक खन्न स्विकृति नदिने भएको हो।

मध्यमाञ्चल क्षेत्रीय निर्देशनालय अन्तर्गतका कुनै पनि साना ठूला भित्रि बाहिरि सडक खन्नलाई प्रतिबन्ध लगाइएको हो। कसैले जवर्जस्ती सडक खनेको पाइएमा सडक ऐन २०३१ अनुसार कडाभन्दा कडा कार्वाही गरिने मध्यमाञ्चल क्षेत्रीय सडक निर्देशनालयले जनाएको छ।
 



Share this Story

   

वर्षायाममा ३ महिना सडक खन्न नपाइने, जवर्जस्ती खने सडक ऐन अनुसार कार्वाही गर्ने सरकारको घोषणा को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.