प्रहरीको दावी ३ अर्ब ठगी तर अदालतको आदेश १० लाख धरौटीमा छाड्नु, भिएलएनका श्रेष्ठ छुट्दै

सविन ढकाल/बिजमाण्डू
२०७५ जेठ ३० गते १९:०२ | Jun 13, 2018
प्रहरीको दावी ३ अर्ब ठगी तर अदालतको आदेश १० लाख धरौटीमा छाड्नु, भिएलएनका श्रेष्ठ छुट्दै


काठमाडौं। भिएलएनका अध्यक्ष रामकुमार श्रेष्ठलाई जिल्ला अदालत काठमाडौंले १० लाख रुपैयाँमा धरौटीमा छोड्न आदेश दिएको छ। 
 
बुधबार थुन्छेक बहसपछि अदालतले धरौटीमा छोड्न आदेश दिएको हो। अध्यक्ष श्रेष्ठ विरुद्ध करिब ३ अर्ब बिगो दाबीसहित ठगी मुद्दा दर्ता भएको थियो। 
 
प्रहरीले जेठ ७ गते स्वास्थ्य परीक्षणमा संलग्न ३९ वटा संस्था, वान स्टेप सेन्टर (ओएससी), भीएलएन र जीएसजी कम्पनीमा छापा मारेको थियो। 
 
सो क्रममा प्रहरीले वैदेशिक रोजगारीका लागि मलेसिया जाने युवाहरूसँग सरकारले तोकेको भन्दा बढी रकम लिएर ठगी गरेको अभियोगमा अध्यक्ष श्रेष्ठसहित ४० जनालाई पक्राउ गरेको थियो।

Tata
GBIME
Nepal Life