काठमाडौं। नेपाली कम्पनी सिटी एक्सप्रेसले सम्झौता गरेको कोरियाको जिमनी ट्रान्सले कोरियामै शाखा विस्तार गरेको छ।
ट्रान्सले कोरियाको गिम्हेमा नयाँ शाखा विस्तार गरेसँगै नेपालीले नेपालमा रहेका सिटी एक्सप्रेसका ५५ सयभन्दा धेरै भुक्तानी केन्द्रबाट भुक्तानी पाउन सक्ने छन्।
नेपालीले यस ट्रान्सफरमार्फत कोरियाको आन्सन,डोन्डागेमुन,वुसान, डेगु, याङ्सान, मिर्याङ, हमान, सिन्जस लगायतका स्थानबाट पैसा पठाउन सक्नेछन्।
कोरियमा रहेको यस मनी ट्रान्सको अटो डेविट मोबाइल एप र अटो सेन्ड कार्ड मार्पत पैसा पठाउन सक्नेछन्।