लगानीकर्ता अझै रुमल्लिँदै, शेयर बजारमा सुस्त सुधार तर कारोबार रकम भने घट्यो, के देखियो बजारमा?

बिजमाण्डू
२०७५ जेठ ३० गते १६:३१ | Jun 13, 2018
लगानीकर्ता अझै रुमल्लिँदै, शेयर बजारमा सुस्त सुधार तर कारोबार रकम भने घट्यो, के देखियो बजारमा?
काठमाडौं। कारोबारको सुरुवातदेखि नै सुस्त देखिएको शेयर बजार बुधबार झिनो अंकको बृद्धिसँगै बन्द भएको छ। शेयर कारोबार मापन गर्ने  सूचक २.८१ अंकले बढेर १२४२.०७ अंकमा उक्लिएको छ। क वर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.५२ अंक बढेर २६०.९९ अंकमा उक्लिएको छ। 
आगामि मौद्रिक नीतिमा शेयर बजारका विषयमा सकारात्मक सम्बोधन हुने अपेक्षाका कारण बजारमा सुधार देखिएको लगानीकर्ता संघका उपाध्यक्ष तारा फुलेलले जानकारि दिए। बजारमा सूचक सकारात्मक देखिएपनि कारोबार रकम भने घटेको छ।
 
बुधवार १६१ कम्पनीका २० करोड ८५ लाख रुपैयाँको कारोबार भयो। मंगलबारको तुलनामा कारोबार रकम नौ करोड रुपैयाँ कम हो। मंगलबार २९ करोडको कारोबार भएको थियो। 
 
बुधबार ग्रामीण विकास लघुवित्तको सबैभन्दा बढि एक करोड ३५ लाख रुपैयाँ बराबरको कारोबार भयो। कारोबारमा आएका १० उपसूचकमा अन्य बाहेक सबै बढेका छन्। अन्य ३.१७ अंकले घटेको छ। 
 
बैंक २.४३, ट्रेडिङ् ०.३४, होटल १७.६४, विकास बैक ६.८४, जलविद्युत ८.३४, फाइनान्स २.२२, बीमा १८.६६, उत्पादनमूलक ११.६४ र लघुवित्त ५.२५ अंकले बढेका छन्। 
 
बुधबार सबैभन्दा बढि राधी बिद्युत कम्पनीका शेयरधनीले ९.५४ प्रतिशत कमाए। कर्णाली डेभलपमेन्ट बैकका शेयरधनीले सबैभन्दा धेरै ७.२५ प्रतिशत गुमाएका छन्।

Tata
GBIME
Nepal Life