बजेटमा आजदेखि मन्त्रालयगत छलफल, चार दिन लम्बियो कार्यसूची, असार ९ सम्म लम्ब्याइयो

बिजमाण्डू
२०७५ जेठ ३० गते ०९:३५ | Jun 13, 2018
बजेटमा आजदेखि मन्त्रालयगत छलफल, चार दिन लम्बियो कार्यसूची, असार ९ सम्म लम्ब्याइयो
काठमाडौँ। विनियोजन विधेयकको मन्त्रालयगत विवरण समयमा प्राप्त नहुँदा रोकिएको बजेट छलफल आजदेखि सुरु हुँदैछ। संघीय संसद् सचिवालयले चारवटा मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल गर्नेगरि कार्यतालिका मंगलबार नै प्रकाशन गरिसकेको छ।
 
कार्यसूची अनुसार बुधबार सञ्चार तथा सूचना प्रविधि, खानेपानी, कृषि भूमि व्यवस्था तथा सहकारी, र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको शीर्षकमा छलफल हुनेछ। 
 
बुधबारका लागि छलफल तय भएका चार मन्त्रालयका विवरण प्राप्त भइसकेको सचिवालयले जनाएको छ।
 
पूर्वनिर्धारित कार्यतालिका अनुसार असार ५ गतेसम्म मन्त्रायगत छलफल सक्ने तयारी थियो। तर, विवरण नहुँदा चार दिन छलफल रोकिएको छ। सचिवालयले कार्यतालिकालाई सोही अनुसार असार ९ सम्म लम्ब्याएको छ।
 
प्रतिनिधिसभाले मन्त्रालयगत छलफल सकेपछि विधेयक राष्ट्रियसभामा पेस हुनेछ। असार मसान्तसम्म विनियोजन विधेयक पारित भइसक्नु पर्नेछ।

Tata
GBIME
Nepal Life