प्रदेश ७ को बजेट २६ अर्बको, उद्योगलाई कर छुटदेखि करको दायरा बढाउनेसम्मका योजना

बिजमाण्डू
२०७५ जेठ २९ गते १७:१० | Jun 12, 2018
प्रदेश ७ को बजेट २६ अर्बको, उद्योगलाई कर छुटदेखि करको दायरा बढाउनेसम्मका योजना

Tata
GBIME
Nepal Life

काठमाडौं। प्रदेश नं ७ का आर्थिक मामिलामन्त्री झपटबहादुर बोहराले प्रदेश सरकारले २६ अर्ब रुपैयाँसम्मको बजेट ल्याउन लागेको बताएका छन्।
 

नेपाल आर्थिक पत्रकार समाज (सेजन) र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी)को सहकार्यमा धनगढीमा आयोजित तालिम कार्यक्रममा  मन्त्री बोहराले संघीय सरकारले उपलब्ध गराएको २१ अर्ब रुपैयाँ अनुदान र प्रदेश सरकारले विभिन्न वित्तीय क्षेत्रबाट उठाउने गरी बजेट निमार्ण गरिरहेको बताए।
 
पूर्वाधार, जलविद्युत, उद्योग, कृषि लगायतलाई प्राथमिकतामा राखेर बजेट निमार्ण गरिरहेको बताउँदै उनले लगानी आकर्षित गर्न कर छुट दिन लागिएको जानकारी दिए।

मन्त्री बोहराले ‘कर’ करले भन्दा पनि रहरले तिर्ने वातावरणको सिर्जना गर्ने बताए। ‘कर’ करले होईन, रहरले तिराउने हो। मेरो राज्य र सरकार हो भन्ने हेतुले कर मैत्री वातावरण बनाउछौँ । करको दर होइन, करका नयाँ क्षेत्रको पहिचान गर्छौँ,’ उनले भने। 
 
उनले विकास र समृद्धिको आधार वर्षको रुपमा यो बजेट ल्याउन लागेको बताए। संघीयता कार्यान्वयनको चरणमा बजेट आउन गालेको बताउँदै विकास र समृद्धिको आधार वर्षको रुपमा बजेटको कार्यान्वयन हुने उनले जानकारी दिए।
 
कार्यक्रममा प्रदेश नं ७ का सभामुख अर्जुनबहादुर थापाले राजनीतिकभन्दा आर्थिक क्रान्तिको अभियानमा अगाडि बढ्नुपर्नेमा जोड दिए। 
 
यस्तै युनडिपीकी आवासीय उपनिर्देशक सोफी केमखाडेले दिगो विकासका लक्ष्य कार्यान्वयनका लागि सरकार, नागरिक समाज र पत्रकारको भूमिका महत्वपूर्ण रहेको बताइन्।