आयल निगमको कार्यकारी निर्देशकका लागि दौडधुप सुरु, आकांक्षी ओली,प्रचण्ड र मातृकाको दैलोमा

बिजमाण्डू
२०७५ जेठ २७ गते १२:१० | Jun 10, 2018

Tata
GBIME
Nepal Life

काठमाडौं।नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि दौडधुप सुरु भएको छ।

स्रोतका अनुसार कार्यकारी निर्देशकका लागि सुरेन्द्रकुमार पौडेल,मुकुन्दप्रसाद घिमिरे,नन्दकिशोरप्रसाद रौनियार र सञ्जय साह दौडमा छन्।यी वाहेक नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनी र निगमकै निमित कार्यकारी निर्देशक सुशील भट्टरार्इ समेत कार्यकारी निर्देशकका आकांक्षी हुन्।

पौडेल उदयपुर सिमेन्ट कारखानाका महाप्रवन्धक हुन्। चार्टर्ड एकाउन्टेन्ट पौडेललार्इ तात्कालिन उद्योगमन्त्री महेश बस्नेतको सिफारिशमा मन्त्रिपरिषद्ले उदयपुर सिमेन्टको महाप्रवन्धकमा नियुक्त गरेको थियो।

उनी सुनसरी महेन्द्रनगर गाविसका हुन्। घिमिरे निगमका निर्देशकबाट अवकाश प्राप्त कर्मचारी हुन्।रौनियार निगमकै पूर्व कार्यकारी निर्देशक हुन भने साह नेपाल नागरिक उड्ययन प्राधिकरणको हवार्इ विभागमा कार्यरत छन्।

उनीहरु राजनीतिक लबिङ जुटाउन प्रधानमन्त्री केपीशर्मा ओली,नेकपाका अध्यक्ष प्रचण्ड र उद्योग तथाआपूर्तिमन्त्री मातृका यादबलार्इ भेटिरहेका छन्।स्रोतका अनुसार प्रधानमन्त्री केपीशर्मा ओली पौडेललार्इ ल्याउन चाहेका छन्।तर प्रचण्डले भने घिमिरेको लबिङ गरिरहेका छन्।

‘ओलीले जुनसुकै हालतमा पौडेललार्इ ल्याउनुपर्ने अडानमा हुनुहुन्छ।सिमेन्टमा राम्रो परफर्मेन्स गरेकाले उनलार्इ अवार्ड दिनुपर्छ भन्ने मान्यतामा प्रधानमन्त्री हुनुहुन्छ’स्रोतले भन्यो।स्रोतका अनुसार अहिलेसम्म पौडेलको पल्लाभारी छ।

प्रचण्ड भने घिमिरेलार्इ ल्याउनुपर्ने अडानमा छन्।रौनियार र साहले मन्त्री यादबलार्इ भेटेर कार्यकारी निर्देशक बनाउन लबिङ गरेका छन्।स्रोतका अनुसार केही दिनअघि रौनियार दलवलसहित यादबलार्इ भेट्न मन्त्रालय पुगेका थिए।