१५० सिसी क्षमताभन्दा ठूलो मोटरसाइकलमा किन थपियो अन्तशुल्क? राजस्व सचिवले दिए प्रष्टिकरण

बिजमाण्डू
२०७५ जेठ २९ गते १२:४० | Jun 12, 2018
१५० सिसी क्षमताभन्दा ठूलो मोटरसाइकलमा किन थपियो अन्तशुल्क? राजस्व सचिवले दिए प्रष्टिकरण

Tata
GBIME
Nepal Life

काठमाडौं। सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत १ हजार सिसी क्षमताभन्दा ठूला चारपांग्रे र १५० सिसी क्षमताभन्दा धेरैका मोटरसाइकलमा अन्तशुल्क बढाउने घोषणा गर्योे। दैनिक जीवनयापनमा आवश्यक सवारी साधनमा कर बढाइएको भन्दै व्यवसायीले त्यसको आलोचना पनि गरे। 
 

नेपाल उद्योग वाणिज्य महासंघको राजस्व समितिका सभापति अशोककुमार तोदीले नेपालको भूगोल अनुसार २०० सिसी क्षमतासम्मका मोटरसाइकलको कर बढाउन नहुने बताएका छन्। महासंघले सोमबार गरेको अन्तरक्रियामा उनले भौगोलिक बनावटअनुसार ठूला क्षमताका मोटरसाइकलमा अन्तशुल्क बढाउन नहुने बताए।
 
तोदीको जिज्ञासामा राजस्व सचिव शिशिरकुमार ढुंगानाले सरकारले आवश्यकता र औचित्यतताकै आधारमा ठूला क्षमताका मोटरसाइकलमा अन्तशुल्क थप गरेको दावी गरे। उनले दुर्घटनाको दर र त्यस्ता मोटरसाइकलको उपयोगलाई विश्लेषण गरेर नै अन्तशुल्क थपिएको बताए। 
 
कार्यक्रममा नाडा अटोमोवाइल डिलर एसोसिएसनका अध्यक्ष शम्भु दाहालले २५ सय सिसीभन्दा सवारी साधन यात्रु बोक्न प्रयोग भइरहेको भन्दै त्यसलाई विलासी भन्न नहुने दावी गरे। 
 
सवारी साधनको क्षमता नाप्ने आधार इन्जिन क्षमता (सिसी) मात्रै भएको भन्दै सचिव ढुंगानाले त्यस्ता सवारी साधनको आकार हेरेर भन्दा पनि क्षमता हेरेर कर निर्धारण भएको बताए।