Snickers

वैदेशिक रोजगारीले गरिवी घटायो तर, विकास बढाएन्, आईओएम नेपाल प्रमुखको अन्र्तवार्ता



मउरिचियो बुसाती अन्तराष्ट्रिय आप्रवासी संगठन (आईओएम) का नेपाल मिसन प्रमुख हुन् । संयुक्त राष्ट्र संघले सन् २०१३ को युवा दिवश (अगस्ट १२)को नारा ‘युवा आप्रवासनः विकासलाई अगाडि बढाउदै’ दिएको छ । यसै सन्दर्भमा युवा आप्रवासन र विकासलाई केन्द्रमा राखेर बिजमाण्डु सहसम्पादक यादवराज जोशीले बुसातीसँग गरेको कुराकानी ।

वर्षेनी चार लाखबढी नेपाली कामका लागि विदेश जान बाध्य छन् । युवा शक्तिको पलायनले देश विकास सम्भव छ ?
कुरा त्यसो होइन्, कुनै सीप नभएका नेपाली युवा विदेश गइरहेका छन् । विदेशमा उनीहरुले सीप सिकेका छन् । उनीहरुमा श्रमलाई सम्मान गर्नुपर्छ भन्ने चेतना आएको छ । यसलाई सकारात्मक रुपमा लिनुपर्छ । युवा दिवसले यही सन्देश दिएको छ, अप्रवासलाई विकाससँंग कसरी जोडने । अब हामीले उनीहरुको सीप र विप्रेषणलाई कसरी प्रयोग गर्ने र देश विकास गर्ने भन्ने सोच्नु पर्छ । स्वदेश फर्केका युवालाई यही रोजगारी दिने वा स्वरोजगार बनाउने तर्फ रोजगार नीति केन्द्रित हुनुपर्छ ।

नेपालको वर्तमान अवस्थामा के यो सम्भव छ ?
विदेश जाने क्रम तत्काल रोकिदैन् । बलपुर्वक रोक्नु पनि हुदैन् । नेपालबाट कामका लागि विदेश जाने युवा अदक्ष छन् । देशभर तालिम केन्द्र खोलेर छोटो समयका तालिम दिएर तिनीहरुलाई दक्ष बनाउन सकिन्छ । दक्ष कामदारले बढी कमाउन सक्छन । बढी विप्रेषण पठाउँछन । त्यो रकम देश भित्र विकास आयोजनामा लगाउन सकिन्छ । यस्तै विदेशमा सिकेको सीपको प्रयोग गरी नयाँं नयाँं उद्यमको विकास गर्न सकिन्छ । सानोस्तरमा नै सहि, युवालाई विकास निर्माणमा प्रत्यक्ष सहभागी बनाउने योजना चाहिएको छ । दृढ इच्छा शक्ति भएमा यो असम्भव छैन् ।

तर, सरकार त वैदेशिक रोजगारीलाई प्रवद्र्धन गर्न हुदैन भन्छ नी ?
नेपाली गरिवीका कारण विदेश जान्छन् । स्वदेशमा रोजगारी छैन । सरकारले प्रवद्र्धन गरे पनि नगरे पनि वैदेशिक रोजगारी रोकिंदैन् । अहिले हामीले सोच्नु पर्ने कुरा, वैदेशिक रोजगारीबाट कसरी बढीभन्दा बढी फाइदा लिने र यसको सामाजिक मुल्य घटाउने भन्ने हो । यसका लागि सम्पुर्ण युवामा यो विषयमा सरोकार जगाउनु पर्छ । उनीहरुसम्म वैदेशिक रोजगारीको भरपर्दो सुचना पु¥याउनु पर्छ । उनीहरुलाई वैदेशिक रोजगारीको लागि दक्ष बनाउनुपर्छ । भरपर्दो सुचनाको अभावमा धेरै नेपाली ठगिएका छन् । विदेशमा दुःख पाएका छन् । काम नजानेर शोषित पीडित बन्नेको संख्या पनि ठुलो छ ।

वैदेशिक रोजगारीको क्षेत्रमा तत्काल गर्नु पर्ने सुधार के हुन ?
धेरै क्षेत्रमा सुधारको आवश्यकता छ । नियन्त्रण, व्यवस्थापन र सशक्तिकरणलाई एकै साथ अगाडि बढाउनु पर्छ । नेपालको भु–राजनीतिक अवस्थाले नियन्त्रण पनि आवश्यक छ । भारतसँगको खुला सिमानाले धेरै मानिस भारतको बाटो प्रयोग गरेका छन् । उनीहरुले धेरै दुःख पनि पाएका छन् । यस्तै व्यवसायीलाई बढी जिम्मेवार बनाउनु पर्ने पनि देखिन्छ । यसकालागि उनीहरुलाई आर्कषित गर्ने रणनीति लिंदा राम्रो हुन्छ । उनीहरुको सहयोग बिना सुरक्षित आप्रवासन सम्भव छैन् । विदेश जाने युवालाई राम्रो तालिम, अनुशिक्षणको पनि त्यत्तिकै आवश्यकता छ ।

वैदेशिक रोजगारीले सुक्ष्मरुपमा विकासका गतिविधीलाई प्रोत्सहित गरेको होला । तर, उल्लेख्य प्रगति त भएको देखिदैन नी ?
वैदेशिक रोजगारीको समस्या यही हो । यसले गरिवी घटाएको छ । राष्ट्रिय ढुकुटी बढाएको छ । तर, विकासलाई अगाडि बढाएको छैन् । हामी फिलिपिन्स, मेक्सिको र अल्जेरियाले १०/१५ वर्ष अगाडि भोगेको स्थितीमा छौ । उपभोग बढीरहेको छ । विप्रेषण सबै उपभोगमै खर्च भएको छ । यहाँं नीति निर्माताको काम छ, उनीहरुले विप्रेषणलाई कसरी उत्पादनमुलक काममा लगाउने, वैदेशिक रोजगारीबाट कसरी बढीभन्दा बढी फाइदा लिने भन्ने बारेमा सोच्ने र त्यस्ता कार्यक्रम बनाउने । व्यक्तिले देशको बारेमा सोच्दैन । उनीहरुलाई जागरुक बनाउने, आर्कषित गर्ने काम त सरकार र सम्वन्धित क्षेत्रमा काम गर्ने संघ संस्थाको हो ।

नेपाली युवालाई विकास निर्माणमा आर्कषित गर्न सकिन्छ ?
सकिन्छ तर, कठिन परिश्रम गर्नु पर्छ । व्यक्तिको लागि उसको परिवारको व्यवस्थापन पहिलो प्राथमिकता हो । वैदेशिक रोजगारीमा गएका युवाले पठाएको विप्रेषणबाटै नेपालले गरिवी निवारण, शिक्षा र स्वस्थ्यमा राम्रो प्रगति गरेको छ । सानासाना व्यवसायको विकास भएको छ । यसले देखाउँछ की तल्लो तहमा समस्या छैन् । मुल कुरा, ती साना प्रयासलाई एकिकृत गर्ने र ठुलो स्तरमा कसरी अगाडी बढाउने भन्ने हो । कृर्षि, उद्योग, निर्माण, सेवा सवै क्षेत्रका साना प्रयासलाई राष्ट्रिय मुलधार ल्याउनु जरुरी छ । त्यसको प्रवद्र्धन गर्नु जरुरी छ । आर्कषक योजना ल्याउन सके विदेशिएका युवाको लगानी भित्र्याउन अफ्ठ्यारो छैन् । अर्कोतर्फ धेरैभन्दा धेरै विप्रेषण औपचारीक माध्यमबाट ल्याउन सके बैंक मार्फत लगानी त बढ्छ नै ।

नेपालको वैदेशिक श्रमबजार खाडीमा केन्द्रित छ । त्यहाँं कामदारको सुरक्षाको मुद्दा नै प्रमुख छ । यस्तोस्थितीमा नेपालीलाई कसरी सुरक्षित गर्न सकिएला ?
कामदारको सुरक्षामा नेपाल सरकार पनि चिन्तित पाएको छु । हालै साउदी अरबका राजदुतसँगको कुराकानीमा उनको धेरै समय कामदारको उद्दारमै बित्ने गरेको बताए । यहाँ केही मिलेको छैन् । ती कुरा पत्ता लगाउने र समाधान खोज्ने ठाउँ कोलम्बो प्रसोस र अबुदाबी डाइलग छन् । कामदार पठाउने मुलुकहरुले कोलम्बो प्रसोसमा आफ्नो एजेण्डा बनाउने र अबुदावी डाइलगमा सौदाबाजी गर्न सक्नुपर्छ । कामदार लिने मुलुकले पनि आफ्नो स्थिती स्पस्ट राख्नुपर्छ । कामदार पठाउने मुलुकबीचको अस्वस्थ्य प्रतिस्पर्धाले संकट अझ गहकिलो बन्दै गएको छ । कामदार पठाउने मुलुकले कम्तिमा साझा न्युनतम तलव कायम गर्न सके गन्तव्य राष्ट्रले जथाभावी गर्न सक्दैनन् । अहिले नेपालले बढी सुविधा र सुरक्षा खोजे बंगलादेशी वा अन्य देशबाट कामदार लिने गर्दै आएका छन् । न्युनतम एजेण्डामा कामदार पठाउने मुलुक एक हुनु आवश्यक छ ।

नेपालको वैदेशिक रोजगारी अस्तव्यस्त किन भएको होला ?
नेपालमा वैदेशिक रोजगारी द्वन्द्वले बढाएको हो । सन् १९९६ पछि वैदेशिक रोजगारीमा बढी नै आयो । अस्थिरता बढदै जादाँ विदेशिने क्रम पनि बढीरहेको छ । सायद कठिन राजनीतिक परिस्थितीले गर्दा सरकारले वैदेशिक रोजगारको व्यवस्थापनमा त्यत्ति ध्यान दिन सकेन र यो क्षेत्र अस्तव्यस्त भयो । अब, अस्थिरताको कारण देखाउदै यसलाई त्यसै छाडन हुदैन् । सरकार, व्यवसायी, सम्वन्धित गैरसरकारी संस्था सबैको सहकार्यमा दुई तिहाईभन्दा बढी युवाको रोजगारीको आधार भएको यो क्षेत्रलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउनु पर्छ । युवा दिवशको नारालाई आत्मसात गर्दै हामी सबै युवा आप्रवासनलाई विकासको आधार बनाउन ढिलो गर्नु हुदैन् ।

Share this Story

   

वैदेशिक रोजगारीले गरिवी घटायो तर, विकास बढाएन्, आईओएम नेपाल प्रमुखको अन्र्तवार्ता को लागी ३ प्रतिक्रिया(हरु)

baburam[ Aug 14, 2013 - 11:49 am ]
It is not hundred true that we are unable to use remittance in the process of development. Ya, it is not utilized in the process of physical capital formation but if we analyze in the social aspect then we can find that progresses are achieved in the field of education, health, etc. Similarly, the consumption expenditures have been enhancing the investable surplus of through the profit of businessmen/investors and mobilizing government revenue through taxes. Off course, it would be far better off it we could mobilize remittances directly. It is the job of the country/policy makers rather than the remittance recipient family as mostly they are illiterate, dislocated, disintegrated by the means of development including money market, capital market, etc. Next is, since they are from the relatively poor family, they are suffering from the consumption standard of the richest family in the society. So how to empower them in such an environment is really a challenge.

   हालसम्म ११४ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Bishwa[ Aug 14, 2013 - 03:07 am ]
Good vision Mr. Maurizio! Thanks for sharing.

   हालसम्म १०२ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Ishwor subedi[ Aug 11, 2013 - 03:13 pm ]
baidesik roggari lai matra herne nepali ko soch le muluk lai garib baniraheko chha. remitance ko upyog hunna sakeko chhina. bidesh ma kaam gareka ko skill prayog nahuda furmas ma remitance prayog bhako chha yesma dhayn jahos national ra international level ma ra agency ma.

   हालसम्म १२३ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.