एनसेलले शुरु गर्यो  ‘एनसेल फर बिजनेश’ सेवा, गेन एडभान्टेज फाईदा रहने, साझेदारी गर्ने

बिजमाण्डू
२०७६ असार १९ गते ११:०२ | Jul 4, 2019
एनसेलले शुरु गर्यो  ‘एनसेल फर बिजनेश’ सेवा, गेन एडभान्टेज फाईदा रहने, साझेदारी गर्ने

Tata
GBIME
Nepal Life

काठमाडौं। एनसेल प्रालिले ‘एनसेल फर बिजनेश’ सेवाको सुरुवात गरेको छ। 

कार्यक्रमको प्रमुख वक्ताका रुपमा रहेका सिटी ग्रुप इन्भेष्टमेन्ट बैंकिङ साउथ इष्ट एसिया टिएमटी निर्देशक तथा प्रमुख आयुष झुनझुनवालाले डिस्रप्टिभ एण्ड इमर्जिङ्ग टेक्नोलोजि ट्रेन्डस्का बारेमा आफ्नो प्रस्तुती राखेका थिए। 

प्रविधिले प्रत्येक क्षेत्र, उद्योग र व्यवसायलाई कसरी प्रभाव पारिरहेको छ भन्ने बारे उनले बताएका थिए। “केहि समय अगाडिसम्म मात्र पनि व्यवसायहरु एक भिन्न रुपमा छुट्टाछुट्टै संचालनमा रहन्थे। अहिले हामी यस्तो समयमा छौं जहाँ प्रविधिले हरेक क्षेत्रमा मुख्य भुमिका निर्वाह गर्दछ। आफ्नो ग्राहकको सहि मुल्य र पहिचानले व्यवसायहरुलाई फाइदा पुगेको छ” उनले भने।

यसपछि एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङ्गले उपस्थित सबै पाहुनाहरुलाई स्वागत गर्दै ‘एनसेल फर बिजनेश’ को लोगो अनावरण गरेका थिए। उनले कसरी डिजिटल विश्वले विकासका लागि उत्प्रेरकका रुपमा काम गरिरहेको र यसले कसरी नयाँ अवसरहरुको सिर्जना, उत्पादकत्वमा वृद्धि गर्दै नविन सेवा तथा व्यवसायहरुलाई बढावा दिर्दै व्यवसाय कसरी चुस्त बन्दछ भन्ने बारे प्रकाश पारेका थिए। 

उनले एनसेल ब्राण्डको सार ‘आज, भोलि, सँधै सँगै’ को बारेमा पनि पाहुनाहरुलाई जानकारी गराए। “हामी ठूला साना सबै व्यवसायहरुलाई उहाँहरुको क्षमताले भ्याए सम्म प्रगति गर्नका लागि सहयोग गर्छौं। हाम्रो प्रविधि, वस्तु तथा सेवाहरु मार्फत व्यवसायहरुका लक्ष्य र महत्वकांक्षाहरु हासिल गर्नका लागि सहयोग गर्न हामी हाम्रा ईन्टरप्राइज ग्राहकहरुसँग सझेदारी गर्छौं” उनले भने।