कर प्रणाली अब्यहारिक बनाएको भन्दै शेयरका लगानीकर्ता आन्दोलनमा, कारोबार नगर्ने

बिजमाण्डू
२०७५ जेठ २० गते ०९:५० | Jun 3, 2018
कर प्रणाली अब्यहारिक बनाएको भन्दै शेयरका लगानीकर्ता आन्दोलनमा, कारोबार नगर्ने


काठमाडौं। सरकारले हकप्रद र बोनस शेयरमा समेत लाभ कर लगाउने भएपछि लगानीकर्ताले कारोबार नगर्ने घोषणा गरेका छन्। 
 
सरकारले हकप्रद र बोनस शेयरमा कर लगाउँदा आधार मूल्यमै लगाउन धितोपत्र बोर्ड तथा नेपाल स्टक एक्सचेन्जलार्इ निर्देशन दिएपछि लगानीकर्ताले आज नेपाल स्टक एक्सचेन्ज घेराउ गर्ने भएका छन्। 


 
सरकारले हिजो आइतबारदेखि नै बोनस र हकप्रदको आधार मूल्यमा कर लाग्ने निर्देशन दिएको दिएको थियो। यसैको विरोधमा लगानीकर्ताका संघ संघठनले प्रेश विज्ञप्ती जारी गर्दै आन्दोलनमा उत्रिने बताएका छन्।
  
लगानीकर्ताले कर नतिर्नेभन्दा पनि न्यायोचित रुपमा कर प्रणालीको विकास गरिनु पर्ने नेपाल इन्भेष्टर फोरमा अध्यक्ष अम्विका पौडेलले बताए। सरकारले अहिले लगाएको कर प्रणाली अनुसार घाटामा रहेको शेयरको पनि कर तिर्नु पर्ने हुँदा यो व्यवहारिक नभएकाले आन्दोलनमा उत्रिनु परेको पौडलले बताए। 
 
सरकारले सतही रुपमा कर प्राणाली लागु गरेको हुँदा यस्ता निर्णयले आम लगानीकर्ता मार पर्ने हुँदा सरकारले यस्तो निर्णय फिर्ता नलिएसम्म चरणबद्ध आन्दोलनमा उत्रिने उनले बताए। 
 
सरकारले अवैज्ञानिक कर नीति लिएको लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले बताए। खाइ नखाइ आफ्नो बचतलार्इ लामो समय होल्ड गरेर राखिएको शेयरमा कर लगाएर राज्यले अन्याय गरेको उनले बताए। 
 

सरकारले बोनस र हकप्रद शेयरको आधार मूल्यमै कर लगाउने निर्णयले शेयर बजारलाई दूरगामी असर पार्छ?

Tata
GBIME
Nepal Life
जसरी सरकारले दोस्रो बजारमा लगाउने करलार्इ ५० प्रतिशत बढाउँदा हामीले कुनै पनि बिरोधका कार्यक्रम गरेका थिएनौ, उनले भने, 'हाम्रो मौलिक हकलार्इ नै मिच्ने गरी कर लगाउने विषय कत्तिको न्यायोचित हुन्छ?' 
 
पूँजी बजारलार्इ ध्वस्त बनाउने हिसावले अव्यवहारीक रुपमा लगानीकर्तालार्इ हतोत्साहित बनाउने खोजिएको अर्यालले बताए। अब्यवहारिक करकै कारण हिजो शेयर बजार ३४ अंकले झरेको थियो।