ईजी मोबाइल केयरको ‘मोबाइल एस्यूरेन्स’ सेवा, स्मार्ट फोनको डिस्प्ले फेर्न पैसा नलाग्ने

बिजमाण्डू
२०७५ जेठ १७ गते १२:५८ | May 31, 2018

काठमाडौं। ईजी मोबाइल केयरले स्मार्टफोनको डिस्प्ले र स्क्रिन फुटेमा निशुल्क फेर्ने योजना ल्याएको छ। कम्पनीले मोबाइल एस्यूरेन्स सेवा सार्वजनिक गरेको छ जस अनुसार ग्राहकहरुले कुनै पनि ब्राण्डका मोबाइलको डिस्प्लेको एस्यूरेन्स सेवा लिन सक्ने बताइएको छ।

Tata
GBIME
Nepal Life

 यस्तो सेवा नयाँ मोबाइल किनेको एक महिना भित्र सुचारु गरिसक्नुपर्ने कम्पनीका अध्यक्ष संजित पौडेलले बताए।
 
पूराना मोबाइल फोनहरुमा पनि यो योजना ल्याउने तयारी गरेको उनले जानकारी दिए ।

यो सेवा लिईसकेपछि ग्राहकहरुको फोनको डिस्प्ले फुटेमा (मोबाइल डिस्प्ले ब्रेकेज) एक पटकका लागि कम्पनीले निशुल्क रुपमा फेरिदिने छ ।
मोबाइल फोन ग्राहकहरुले यसको लागि आफ्नो व्यक्तिगत विबरणसहितको फर्म भरेर तुरुन्तै सो सेवा लिनसक्ने छन् ।
 
सो सेवा लिएको १ वर्षभित्र ग्राहकहरुको मोबाइल फोनको डिस्प्ले फुटेमा कम्पनीले निशुल्करुपमा फेरिदिने कम्पनीले जनाएको छ।
 
 यो योजनाले महंगो स्मार्टफोन खरिद गरेका ग्राहकहरुलाई सुविधा हुने बताइएको छ। यसकासाथै कम्पनीले १ रुपैयाँ तिरेपछि मासिक किस्ताबन्दीमा स्मार्टफोनहरु उपलब्ध गराउने योजना संचालन गरिरहेको पनि अध्यक्ष पौडेलले बताए।