बढी सीसीका बाइकमा लाग्यो अन्तशुल्कको डन्डा , कुन बाइकको मूल्य कति बढ्छ?




काठमाडौं।सरकारले बाइकमा सीसीका आधारमा अन्तशुल्क निर्धारण गरेको छ।सरकारले बजेटमार्फत १ सय ५० सीसी भन्दा बढीका बाइकमा अन्तशुल्क बढाएको छ।पहिला सबै बाइकमा ४० प्रतिशत मात्रै अन्तशुल्क लाग्ने गर्थ्यो।

बजेटमार्फत १ सय ५० सीसीदेखि २ सय ५० सीसीका बाइकको अन्तशुल्क १० प्रतिशत बढाएर ५० प्रतिशत पुर्याइएको छ।बजेटमा पाँच सय सीसी नाघेको तर ८ सय सीसी ननाघेको रेसिप्रोकेटिङ इन्टरनल कम्बसन प्रिष्टोन इन्जिन भएको बाइकमा ४० प्रतिशत अन्तशुल्क बढाएर ८० प्रतिशत पुर्याइएको छ।

बजेटमा ८ सय सीसी नाघेको रेसिप्रोकेटिङ इन्टरनल कम्बसन पिष्टोन इन्जिन भएको बाइकमा ६० प्रतिशत बढाएर सय प्रतिशत अन्तशुल्क पुर्याएको छ।बाइकमा अन्तशुल्कको नयाँ व्यवस्थाले होन्डाको साइन,सिडी ११० ड्रिमको मूल्य यथावत हुनेछ भने होन्डाको सिबी हर्नेट १६० आर र सीबी युनिकर्न १६०को मूल्य बढ्नेछ।हिरोको स्प्लेन्डर प्रो,एचएफ डिलक्स,एचिभर १५०,सुपर स्प्लेन्डर,स्प्लेण्डर आइस्मार्ट ११०,स्प्लेन्डर प्लस,प्लेजर स्कुटर र ड्युट १ सय ५० सीसी भन्दा कमका बाइक हुन्।


बाइकमा अन्तशुल्क निर्धारणले हिरोको बाइक बिक्री गर्नेलार्इ फाइदा हुने देखिएको छ।हिरोको करिज्मा र करिज्मा आर दुर्इ सीसी माथिको बाइक हो।यामाहाको एफजेड एफ १,एफजेड एस एफ १,स्यालुटो,एसजेड-आरआर भर्सन २.०को मूल्य यथावत रहनेछ।यामाहाको फ्यासिनो र रे जेडको मूल्य यथावत रहनेछ।बाइकमा सीसी अनुसार अन्तशुल्क निर्धारणले सबैभन्दा बढी बजाजलार्इ समस्यामा पार्नेछ।पल्सरको २२० एफ,आरएस २००,एएस २००,१८०,एनएस२००,एनएस १६०को मूल्य बढ्नेछ।

पल्सर एएस १५० र पल्सर १५०को मूल्य यथावत रहनेछ।डिस्कभर १५० एफ र डिस्कर १ सय २५ सीसीको मूल्य यथावत रहनेछ।एभेन्जर २२०को मूल्य बढ्नेछ भने १ सय ५०को यथावत रहनेछ।महिन्द्राको सेन्टुरो र प्यान्टुरोको मूल्य यथावत रहनेछ।टिभिएसको अपाचे १६० सीसीको मूल्य बढ्नेछ।टिभिएसको स्टारसिटीको मूल्य यथावत रहनेछ।

बजाजको प्लाटिना बाइकको मूल्य यथावत रहनेछ।यस्तै डुकाटी बाइकको मूल्य ६ लाख रुपैयाँसम्म मूल्य बढ्नेछ।नेपाल अटोमोबाइल डिलर्स एशोसिएसनका पूर्व अध्यक्ष शेखर गोल्छाले बाइकको मूल्य न्यूनतम १५ हजार बढ्नेछ।



Share this Story

   

बढी सीसीका बाइकमा लाग्यो अन्तशुल्कको डन्डा , कुन बाइकको मूल्य कति बढ्छ? को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.