सार्वजनिक संस्थानले सरकारलाई बुझाए लाभांश, लाभांश प्राप्तीको दर पाँच प्रतिशतभन्दा कम

बिजमाण्डू
२०७५ जेठ १३ गते १९:०९ | May 27, 2018
सार्वजनिक संस्थानले सरकारलाई बुझाए लाभांश, लाभांश प्राप्तीको दर पाँच प्रतिशतभन्दा कम
काठमाडौं। सरकराले आर्थिक वर्ष २०७३/०७४ मा सार्वजनिक संस्थानहरुबाट ७ अर्ब ७७ करोड रुपैयाँ लाभांश प्राप्त गरेको छ। आर्थिक वर्ष २०७२/०७३ मा ७ अर्ब ८१ करोड लाभांश प्राप्त भएकोमा गत आर्थिक वर्षमा केही घटेको देखिएको छ। 

Tata
GBIME
Nepal Life

विगत पाँच वर्षको लाभांश दर। स्रोत : अर्थ मन्त्रालय।
 

सरकारले संस्थानहरुबाट औषतमा ४.८७ प्रतिशत लाभांश बुझेको छ। लाभांशको यो अनुपात आव २०७२/०७३ को ५.४४ प्रतिशतभन्दा केही कम हो। 
 
सरकारले सबैभन्दा धेरै जनोपयोगी संस्थानबाट लाभांश प्राप्त गरेको छ। यस्ता संस्थानबाट ६ अर्ब ९९ करोड रुपैयाँ लाभाशं प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ। गत आवमा वित्तीय संस्थाबाट ६२ करोड ४२ लाख रुपैयाँ लाभांश सरकारी खातामा जम्मा भएको छ। 
 
गत आर्थिक वर्षमा सेवा क्षेत्रका संस्थानले सरकारलाई ८१ लाख रुपैयाँ लाभांश बुझाएका छन्। व्यापारिक क्षेत्रबाट सरकारले १४ करोड ५४ लाख रुपैयाँ लाभांश प्राप्त गरेको छ। 
 
सरकारी स्वामित्वका ३७ मध्ये गत आर्थिक वर्षमा २६ वटा सार्वजनिक संस्थानले नाफा गरेका थिए। सामाजिक समूहमा रहेका संस्थानले सरकारलाई लाभांश बुझाउन सकेका छैनन्।