दुधालु भैंसी सबैभन्दा धेरै बढे, घोडा खच्चरको संख्यामा पनि वृद्धि, कति छन् देशभर पशुपंक्षी?

बिजमाण्डू
२०७५ जेठ १३ गते १८:४९ | May 27, 2018
काठमाडौं। चालु आर्थिक वर्षको पहिलो ८ महिनामा सबैभन्दा धेरै दुधालू भैंसीको संख्या बढेको छ। गत वर्षको यही अवधिको तुलनामा ७.६ प्रतिशतले बढेर यस्ता भैंसीको संख्या १६ लाख २४ हजार ५ सय २० वटा पुगेको अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको आर्थिक सर्भेक्षणमा उल्लेख गरिएको छ। 
 
सर्भेक्षणअनुसार देशभर ७३ लाख ७७ हजार गाई/गोरु छन्। यस्तै ५१ लाख ८४ हजार भैंसी/राँगा छन्। यस्तै १ करोड १२ लाख भेडा, बाख्रा र खसी पालिएका छन्। दुधालु भैंसीको संख्या ह्वात्तै बढे पनि दुधालु गाईको संख्या भने ०.२ प्रतिशतले बढेको छ। दुधालु गाईको संख्या १० लाख ३१ हजार छ। 
 
यो अवधिमा घोडा, खच्चड र गधाको संख्या ६.८ प्रतिशतले बढेर ६८ हजार ७ सय पुगेको पनि सर्भेक्षणमा उल्लेख गरिएको छ। 
 
कति छन् देशभर पशुपंक्षी हेर्नुस् 

Tata
GBIME
Nepal Life