गोरेको बयान : सुन तस्करीमा प्रहरीका उच्च अधिकारी र ठूला नेता संलग्न, को – को छन्, म भन्न सक्दिनँ

बिजमाण्डू
२०७५ जेठ १३ गते १७:४४ | May 27, 2018

काठमाडौं। सुन प्रकरण र सनम शाक्यको हत्यामा मुख्य अभियुक्त बनाइएका चुडामणि उप्रेती गोरेले आफु मुख्य ब्यक्ति नभएको दाबी गरेका छन्।

Tata
GBIME
Nepal Life

चार दिन लगाएर जिल्ला अदालत मोरङले बन्द इजलासमा गरेको बयानमा गोरेले सुन तस्करीका मुख्य नाइके प्रहरीका उच्च अधिकारी र राजनीतिक दलका नेताहरु भएको बताएका छन्।३७ पृष्ठ बयानमा गोरेले भनेका छन् -'सुन तस्करी गर्ने कार्यमा प्रहरी उच्च अधिकारी र राजनीतिक पार्टीका ठूला नेताको मिलोमतो हुनेगर्छ। को को संलग्न छन्, म भन्न सक्दिनँ।

दुबईबाट आएको ३८ सय किलो सुन भारत जाने गरेको समेत उनले बयानमा खुलाएका छन्। गोरेले भनेका छन्, 'तस्करीबाट आएको सबै सुन इन्डिया जान्छ। म सुन तस्करीमा सहयोग गर्ने तत्लो लेभलको मानिस भएकाले लेखिए बमोजिमको बिगो हुने होइन।'

गोरेले सनम शाक्यको हत्या गरेको पनि अस्वीकार गरेका छन्। मैले करेन्ट लगाएको पनि छैन। गोरेले प्रहरी अधिकारी पक्राउ परेपछि तस्करीको सबै पाटो खुल्ने बताए।