ग्यास बिक्रेता महासंघको अध्यक्षमा महेश्वर श्रेष्ठ चयन, कमिशन नबढाए आयल निगम घेर्ने निर्णय

बिजमाण्डू
२०७५ जेठ १३ गते १४:५२ | May 27, 2018
ग्यास बिक्रेता महासंघको अध्यक्षमा महेश्वर श्रेष्ठ चयन, कमिशन नबढाए आयल निगम घेर्ने निर्णय


काठमाडौं।ग्यास बिक्रेता महासंघ नेपालको अध्यक्षमा महेश्वर श्रेष्ठ चयन भएका छन्।महासंघको पाँचौ साधारणसभाबाट उनी अध्यक्षमा चयन भएका हुन्।

Tata
GBIME
Nepal Life

महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र थापा,उपाध्यक्षमा रामप्रसाद ज्ञवाली,महाचिवमा विनोद काफ्ले,सचिवमा विण्णु दुलाल र कोषाध्यक्षमा राजेश दाहाल चयन भएका छन्।महासंघले ग्यास बिक्रेताको कमिशन विगत पाँच वर्षदेखि नबढेको भन्दै कमिशन बढाउन १५ दिने अल्टिमेटम दिएको छ।महासंघका निर्वतमान अध्यक्ष ज्ञानेश्वर अर्यालले विगत पाँच वर्षदेखि बिक्रेताको कमिशन नबढेको बताउँदै धेरै बिक्रेता पलायन भइसकेको बताए।

'पाँच वर्षदेखि ग्यास बिक्री गर्दा पाउने कमिशन बढेको छैन।तर यो अवधिमा मुद्रास्फिर्ती धेरै बढिसकेको छ।कतिपय व्यवसायी पलायन भइसकेका छन्'उनले भने,हामीले आयल निगममा धेरै पटक आफ्ना मुद्दा उठाइसकेका छौं तर अहिलेसम्म पनि सुनुवार्इ भएको छैन।'उनले महासंघले कमिशन बढाउन १५ दिने अल्टिमेटम दिने निर्णय गरेको बताउँदै माग संबोधन नभए निगम घेर्ने जानकारी दिए।महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र थापाले ग्यास बिक्रेताको अहिलेको कमिशनले भाडा तिर्न समेत नपुग्ने बताए।