आइएमई जनरल इन्स्योरेन्सका ग्राहकलाई ओम अस्पतालले क्यास-लेस सेवा दिने, कसले पाउँछन्?

बिजमाण्डू
२०७५ जेठ १३ गते १२:५४ | May 27, 2018

काठमाडौं। आइएमई जनरल इन्स्योरेन्स र ओम हस्पिटल एण्ड रिसर्च सेन्टरबीच क्यासलेस सेवा सम्बन्धी सम्झौता भएको छ।

Tata
GBIME
Nepal Life

यस सम्झौताअनुसार आइएमई जनरल इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्नेहरुले बीमा लेखको सीमासम्मको उपचार ओम हस्पिटलमा गर्न सक्नेछन्। उनीहरुले अस्पतालबाट नगद रहित हस्पिटलाइजेसन सुविधा पाउने बिज्ञप्तीमा जनाइएको छ।

सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका नायब महाप्रबन्धक पवन थापा र ओम हस्पिटलका प्रबन्ध निर्देशक बाबुकाजी कार्कीले हस्ताक्षर गरे।