नासाले रोड सेफ्टी फिल्म फेस्टिभल गर्ने, दूर्घटना न्यून गर्न चेतनामूलक छोटा फिल्म देखाइने

बिजमाण्डू
२०७५ जेठ १३ गते १२:०४ | May 27, 2018

काठमाडौं। नेपालमा पहिलोपटक रोड सेफ्टी फिल्म फेस्टिभल आयोजना हुने भएको छ। सवारी दुर्घटना कम गर्नका लागि जनचेतना जगाउन फिल्म फेस्टिभल आयोजना गरेको नेपाल अटोमोबाइल एसोसिएसन 'नासा'ले जनाएको छ।

Tata
GBIME
Nepal Life

नासाका अनुसार असार १८ र १९ गते काठमाडौंमा आयोजना हुने फिल्म फेस्टिभलमा १० मिनेटसम्मका २४ वटा छोटा फिल्म प्रदर्शन हुनेछ।

उत्कृष्ट फिल्मले पुरस्कारस्वरुप क्रमशः ५० हजार, ३० हजार र २० हजार नगद सहित ट्रफी र प्रमाणपत्र जित्न सक्ने विज्ञप्तीमा उल्लेख गरेको छ।

नासाको कल्याणकारी संस्था नासाले विभिन्न संघ संस्थाको सहकार्यमा उक्त फेस्टिभल आयोजना गर्न लागेको जनाएको छ।

नासालाई यसकालागि ग्लोबल रोड सेफ्टी फिल्म फेस्टिभलले साथ दिन लागेको बताइएको छ।

नेपालमा भइरहेको सवारी दुर्घटनालाई न्यून गने अभियानका रुपमा फेस्टिभल आयोजना गर्न लागिएको नासाले बताएको छ।