कोरियाबाट नेपाल पैसा पठाउन अर्को रेमिट्यान्स कम्पनी, सिद्धार्थ बैंक र इजीलिंक बीच सम्झौता

बिजमाण्डू
२०७५ जेठ ११ गते १८:२३ | May 25, 2018
काठमाडौं। सिद्घार्थ बैंक र इजीलिंक रेमिट्यान्स प्रा.लि. बीच रेमिट्ययान्स भुक्तानी सम्बन्धि सम्झौता भएको छ। उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेल र इजीलिंक रेमिट्यान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डोल प्रसाद अर्यालले हस्ताक्षर गर्नुभएको थियो। 

Tata
GBIME
Nepal Life

 
उक्त सम्झौतासँगै इजीलिंक रेमिट्यान्स मार्फत कोरिया, जापान, साइप्रस, अमेरिका लगायत विश्वका विभिन्न देशहरुबाट पठाएको रकम सिद्धार्थ बैंकका देशभरी रहेका ११२ शाखाहरुबाट सजिलै भुक्तानी लिनका साथैै सिद्धार्थ बैंकको खातामा सजिलै रकम जम्मा गर्न पनि सकिनेछ। सम्झौतापछि सिद्घार्थ बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कडेलले विदेशबाट पठाएको पैसालाई छिटो, छरितो तरिकाले सेवाग्राहीसम्म पुर्या‍उन यो सम्झौताले थप सहज बनाउने विश्वास व्यक्त गरे।
 
बैंकले हाल देशभर ११२ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा,  ११० एटिएम र ८०० भन्दा बढी पिओएस मेसिन मार्फत् बैैकिङ्ग सेवा दिदै आएको छ।