सडक स्तरोन्नतिको काम चिनियाँ कम्पनीले गर्ने, कान्छारामलाई २२ करोड रुपैयाँमा ठेक्का

रासस
२०७५ जेठ ११ गते १३:२३ | May 25, 2018
मनाङ। बेँशीसहर-चामे सडकखण्डको स्तरोन्नतिको काम चिनीयाँ कम्पनीले गर्ने भएको छ। एक सय ४० मेगावाटको क्षमताको तल्लो मनाङ मस्र्याङ्दी जलविद्युत् आयोजना चिनीयाँ कम्पनीले लिएपछि सडक स्तरोन्नतिको काम पनि आँफैले गर्ने भएको हो। 

आयोजनाको ठूल्ठूला सवारी साधन चलाउनुपर्ने तथा सडक साँघुरो भएका कारण चिनीयाँ कम्पनी आँफैले सडक स्तरोन्नति गर्ने निर्णय गरेको तल्लो मनाङ मस्र्याङ्दी जलविद्युत् आयोजनाका जनसम्पर्क अधिकृत अमृत घलेले बताए। 
 
बेँशीसहर–चामे सडक स्तरोन्नतिको काम २०७४ भदौदेखि थाल्ने सम्झौता भएको थियो। सो कार्य कान्छाराम कन्सल्टेन्सीलाई २२ करोड रुपैयाँमा ठेक्का दिइएको थियो। उक्त कन्सल्टेन्सीले सझौता अनुसार सडक मर्मतको काम गरिरहेको अवस्थामा सडक डिभिजन कार्यालय दमौलीले काम गर्न रोक लगाएको छ।  
 
विसं २०७५ असार मसान्तसम्ममा काम सक्ने सम्झौता अनुसार काम थालेको सडक स्तरोन्नतिको काम २०७४ फागुनदेखि सडक डिभिजन कार्यालयले रोक्का गरेको छ। उक्त कार्यको चिनीयाँ कम्पनीले सडक डिभिजनसँग सम्झौता गर्न बाँकी रहेको सडक डिभिजन कार्यालय दमौलीका प्रमुख भानु जोशीले बताए। 
 
'जेठ मसान्तसम्म चिनीयाँ कम्पनीसँग सम्झौता हुन्छ,' उनले भने। 

Tata
GBIME
Nepal Life